अव्यवस्थित रुपमा निर्माण गरिएका हाउजिङमा बसोबास गर्दा मानसिक समस्या निम्तिन सक्छ

कहिलेकाहीँ आफुले संघर्ष गरेर आर्जेको पैसाले किनेको वा बनाएको सुविधायुक्त घरमा बस्दा पनि तनाव सिर्जना भइरहन्छ । हुन त मानसिक तनाब सिर्जना गर्ने अरु थुप्रै कारणहरु हुन सक्छन् तर बास्तु अनुसार निर्माण नभएको घरमा बसोबास गर्दा पनि आर्थिक तथा मानसिक तनाव भइरहन्छ ।

406F4523C9DE64D-badge.png
434views
96E1B73EF5AF18F-Housing-final.jpg
  • सुरेश रिजाल

हरेक मान्छेको चाहना हुन्छ, आफ्नै स्वामित्वको घर होस् । मान्छे जीवनभर एउटा घर बनाउनका लागि संघर्ष गरिरहेको हुन्छ । 

मानव सभ्यताको विकास एवं विज्ञानको प्रगति सँगसँगै भवन निर्माणको कलामा पनि व्यापक परिवर्तन हुँदै आइरहेको छ । रियलस्टेट डेभलपरहरुले व्यवस्थित हाउजिङ र गगनचुम्बी अपार्टमेन्ट बनाउन थालेका छन् । पछिल्लो समय शहरीया बासिन्दाको पहिलो रोजाईमा हाउजिङका घरहरु पर्न थालेका छन् । 

कहिलेकाहीँ आफुले संघर्ष गरेर आर्जेको पैसाले किनेको वा बनाएको सुविधायुक्त घरमा बस्दा पनि तनाव सिर्जना भइरहन्छ । हुन त मानसिक तनाब सिर्जना गर्ने अरु थुप्रै कारणहरु हुन सक्छन् तर बास्तु अनुसार निर्माण नभएको घरमा बसोबास गर्दा पनि आर्थिक तथा मानसिक तनाव भइरहन्छ ।

अव्यवस्थित रुपमा बास्तु नमिलाई निर्माण गरिएका हाउजिङमा बस्दा पनि मानसिक तनाब हुने गर्छ । यसको मुख्य कारणमा वस्तुदोष पनि हुन सक्छ । हामी आज तपाईंलाई अव्यवस्थित रुपमा बनाएको हाउजिङका घरहरु किनेर बस्दा कसरी मानसिक समस्या निम्तिन्छ भनेर जानकारी गराउँदै छौं । 

वैदिक बिधिअनुसार गृह निर्माण गर्दादेखि नै विभिन्न साईत जुराउनुपर्ने नियम रहिआएको छ । गृह निर्माण गर्ने मुख्य घरधनिको सूर्य, बृहस्पति तथा चन्द्रमा बलियो भएको समय पारी आइतबार र मंगलबार नपारेर चर लग्न र चरांशक तथा ४, ९ र १४ तिथि छल्ने गरी शुभारम्भ गरेर निर्माण गरिएको भवनमा बसोबास गर्दामात्र शुभलाभ हुन्छ । 

पुस, फागुन, बैशाख, साउन, कार्तिक र मंसिर महिनामा गृह निर्माण कार्य गर्नुपर्ने नियम शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रीय नियमअनुसार मुहुर्त हेरेर निर्माण गरिएको भवनमा गृह प्रवेशका लागि पनि शुभ मुहुर्त हेर्नुपर्ने नियम छ । यसरी नियम अनुसार निर्माण भई बसोबास गरिएको भवनबाट मात्रै सुख, शान्ति तथा सम्पूर्ण सुखभोग गर्ने सकिने शास्त्रीय नियम छ ।

ठूला तथा व्यवसायिक हाउजिङ कम्पनीहरुले शास्त्रीय नियम पालना नगरी बनाएका घरमा बस्दा विभिन्न समस्या भोग्नुपर्ने वास्तशास्त्रमा उल्लेख छ । 

वास्तुशास्त्रको नियमअनुसार कस्तो प्रकारको भूमिमा बस्दा कस्तो फल प्राप्त हुन्छ भनेर प्रष्ट रुपमा उल्लेख गरिएको छ । उत्तर र दक्षितर्फ लामो परेको जग्गामा बनाइएको घरमा बसोबास गर्न अत्यन्तै शुभ रहन्छ । किनभने, पूर्वबाट आउने सूर्यको सकारात्मक किरणका कारणले गर्दा उक्त भवनमा बसोबास गर्दा हरेक प्रकारका कार्यसिद्धीका साथै रोगले पनि आक्रमण गर्न सक्दैन । 

त्यस्तै, पूर्व पश्चिम फैलिएको जग्गामा बसोबास गर्दा व्यापारमा छिट्टै उन्नति हुने र लक्ष्मीको सदैब बास रहन्छ । पूर्व पश्चिम फैलिएको जग्गामा बसोबास गर्दा उत्तरी भाग धेरै हुने भएकाले धनका देवता कुवेरको पूर्ण दृष्टी पर्ने भएकाले शुभ मानिएको हो । 

खराब दिशामा बसोबास गर्दा दशा पनि कमजोर हुने र गर्न खेजिएका हरेक कामहरु निष्फल हुन्छन् । अव्यवस्थित रुपमा भूमिको परिक्षण नै नगरी बसोबास गर्नका लागि निर्माण भएका ठूला हाउजिङमा बसोबास गर्दा भाग्यको साथ नरहने र जति मिहिनेत गरेपनि काम सफल नुहने समस्या आउन सक्छ ।

आफु बसोबास गर्ने घर राम्रोसँग वास्तु परिक्षण गराएर मात्र खरिद गर्दा राम्रो हुन्छ ।

फोन : ९८५१०६११२४, इमेल : rijal.suresh123@gmail.com

लेखक रिजला दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिब हुन् ।
 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

2B03A689B319B09-Home-For-Vastu.jpg

घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७ सल्लाह