उपत्यकाका टोखा, साँखु, मनमैंजू, भक्तपुर, लगनखेल र गोटीखेल (ललितपुर) मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्य निर्धारण गरेका छन् ।
काठमाडौं । घरजग्गा किनबेच गर्दा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्नका लागि देशभरका मालपोत कार्यालयले आ–आफ्नो क्षेत्रमा न्यूनतम मूल्य निर्धारण गर्न थालेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका ९ वटा मालपोत कार्यालयमध्ये टोखा, साँखु, मनमैंजू, भक्तपुर, लगनखेल र गोटीखेल (ललितपुर) मालपोत कार्यालयले आ–आफ्नो क्षेत्रमा पर्ने जग्गाको न्यूनतम मूल्य निर्धारण गरेका छन् ।
भक्तपुरको भूमिसुधार तथा मालपोत कार्यालयले भक्तपुरमा जग्गाकाे सरकारी मूल्य आनाकै ९ लाख २४ हजार रुपैयाँसम्म बढाएर निर्धारण गरेको छ ।
भक्तपुर नगरपालिका
गत आर्थिक वर्षमा भक्तपुर नगरपालिका अरनिको राजमार्गसँग जोडिएको दायाँ बायाँको जग्गाको सरकारी मूल्य २३ लाख ७६ रुपैयाँ कायम थियो । तर, यो वर्ष मूल्यांकन बढाएर आनाकै ३३ लाख पु¥याइएको छ ।
सल्लाघारी चोकदेखि दुधपाटी चोकसम्म, जगाती–च्यामासिङ–पसिखेल सडकदेखि कमलविनायक चोकसम्म, सल्लाघारी चोकदेखि दुवाकोट छुट्टिने खस्याङखुङ खोलासम्म आनाको सरकारी मूल्य २० लाख रुपैयाँ तोकिएको छ ।
यस्तै, नगरकोट सडक (सल्लाघारी चोकदेखि देकोचासम्म), नगरकोट सडक (देकोचा चोकदेखि लाँचा फल्चासम्म), नगरकोट सडटक (लाँचा फल्चादेखि व्यारेकसम्म), साविक कटुन्चे पक्की मोटरबाटो, डेकोचाबाट चाँगु जाने पक्की मोटरबाटो, च्यामासिङ चोकदेखि देगइना, ब्रम्हायणी, भाने, मालपोत चोक हुँदै साविक ताथली सिमानासम्म, व्यासी चोकदेखि कालीघाटसम्मको सडकको दायाँबायाँकको जग्गाको सरकारी मूल्यांकन पनि आनाको २० लाख निर्धारण गरिएको छ ।
माथिल्ले उल्लेखित ठाउँहरुको सडकमा पर्ने दायाँबायाँको जाग्गाको सरकारी मूल्यांकन गत आर्थिक वर्षमा आनाको ११ लाखदेखि १३ लाख ७६ हजारसम्म निर्धारण गरिएको थियो ।
भक्तपुर नगरपालिाभित्रै प्लानिङको पक्की मोटरबाटो भएको ठाउँमा बाटोको चौडाई अनुसार आनाको १० लाखदेखि १६ लाख रुपैयाँसम्म र कच्ची मोटरबाटो भएको ठाउँमा सडकको चौडाइ हेरिकन आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्म कायम गरिएको छ ।
भक्तपुर नगरपालिकाकै शहरी इलाकाभित्र बाटो नभएको ठाउँमा आनाको ४ लाखदेखि शहरी क्षेत्रमा पक्की सडक भएको दायाँ बायाँको जग्गाको आनाको १५ लाख रुपैयाँसम्म सरकारी मूल्य कायम गरिएको छ ।
मध्यपुर थिमी नगरपालिका
चालु आर्थिक वर्षका लागि मध्यपुर थिमी नगरपालिकाभित्र अरनिको राजमार्गसँग जोडिएको दायाँबायाँको जग्गाको सरकारी मूल्य आनाको २६ लाख १३ हजार ६ सय तोकिएको छ । गत आवमा यो ठाउँमा जग्गाको सरकारी मूल्यांकन आनाको २३ लाख ७६ हजार रुपैयाँ कायम थियो ।
यस वर्ष पुरानो थिमीबाट भक्तपुर जाने पक्की मोटरबाटोसँग जोडिएको जग्गाको मूल्य आनाको १३ लाख ९१ हजार ५ सय, सानुटार चोकदेखि मुलपानी जाने पक्की मोटरबाटो र बोडे सानुटार चोकदेखि सरस्वती खेलसम्म जाने पक्की मोटरबाटोसँग जोडिएको जग्गाको मूल्यांकन आनाको ११ लाख ६८ हजार ९ सय तोकिएको छ ।
सूर्यविनायक र चाँगुनारायण नगरपालिका
सूर्य विनायक नगरपालिकाभित्र अरनिको राजमार्गसँग जोडिएको जग्गाको सरकारी मूल्यांकन प्रतिआना २८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँगुनारायण नगरपालिकाभित्र भक्तपुरबाटा काठमाडौं जाने पुरानो बाटोसँग जोडिएको जग्गाको सरकारी मूल्यांकन प्रतिआना १५ लाख २४ हजार, सल्लाघारी चोकबाट वडा कार्यालसम्मको जग्गाको प्रतिआना १३ लाख ७९ हजार सरकारी मूल्य निर्धारण गरिएको छ ।