कम्पनीले तीनवटै शहरमा आवासीय र कर्पोरेट कमर्शियल स्पेश निर्माण गर्ने सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
काठमाडौं । आइसीटीसी समूहले देशका तीनवटा मुख्य शहरमा ठूलो स्तरको मिश्रित रियलस्टेट परियोजना ल्याउने भएको छ । समूहको भगिनी कम्पनी आइसीटीसी रियल इस्टेट प्रालिले काठमाडौं, चितवन र निजगढमा एउटै परियोजनाभित्र हाउजिङ, अपार्टमेन्ट र व्यापारिक भवन निर्माण गर्ने भएको हो ।
कम्पनीले तीनवटै शहरमा आवासीय र कर्पोरेट कमर्शियल स्पेश निर्माण गर्ने सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ । यी परियोजनाहरुमा अर्बौं रुपैयाँ लगानी हुने समूहले बताएकोछ ।
कम्पनीले सार्वजनिक सूचनामार्फत परियोजना कार्यान्वयन युनिट आइसीएफसी इन्फ्रा प्रालि र सिम्याट कन्सलट्यान्टस प्रालिको समन्वयमा १० वटा आर्किटेक्चरमा काम गर्ने कम्पनीहरु सर्टलिस्ट गर्न लागेको जनाएको छ । इच्छु कम्पनीले आफ्नो योग्यता अनुसारको आशयपत्र पेस गर्न सक्ने कम्पनीको भनाई छ ।
कम्पनीले दुईदेखि चारवटा आर्किटेक्चरमा काम गर्ने कम्पनी सर्टलिस्ट गरेर छान्ने छ । यी कम्पनीले तीनवटै जिल्लामा निर्माण हुने रियल इस्टेट परियोजनाको भूउपयोग गुरुयोजना, कन्सेप्चुअल आर्किटेक्चरल डिजाइनर स्किम तयार गर्नुपर्ने छ ।
आर्किटेक्चरल डिजाइन स्किममा कनेक्टेड टाउन हाउस, बहुतले आवासीय अपार्टमेन्ट र बहुतले कर्पोरेट कमर्शियल भवनको पर्सपेक्टिभ ड्रइङ, एलिभेसन्स, फ्लोर प्लान, ल्यान्डस्केपिङ समावेश गर्नुपर्ने हुन्छ । कम्पनीले १५ भदौसम्म आशयपत्र बुझाउने म्याद तोकेको छ ।
कम्पनीले ती प्रस्तावहरुबाट उत्कृष्ट प्रस्ताव छनोट गरेर काम अगाडि बढाउने छ । उपलब्ध जग्गालाई पुलिङ गर्दै खानेपानी, विद्युत, सडक, सुरक्षा, रिक्रिएसन, फर्निचर, लाइफस्टाइलले भ्यालु एड गर्दै परियोजना निर्माण गर्ने कम्पनीले सार्वजनिक सुचनामार्फत जानकारी गराएको छ ।
सांकेतिक तस्विर