ललितपुरमा पाँच तलासम्मको घर छिमेकीसँग टाँसेर बनाउन पाइने

०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएका घर बनाउन स्वीकृति दिन रोकेको थियो ।

406F4523C9DE64D-badge.png
744views
8AAC985F3102429-0B9090CBC530E0F-dhapakhel-final.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले १५ साउनदेखि भवन निर्माणमा नयाँ मापदण्ड बनाएर लागू गरेको छ । महानगरको १३औं नगर परिषदले भवन निर्माण मापदण्ड संशोधन गरेको हो ।

नयाँ मापदण्डअनुसार ललितपुर महानगरपालिकाले महानगरभित्र १७ मिटर उचाईसम्म (पाँच तला) आवासीय तथा व्यापारिक भवनहरुको निर्माण अनुमति दिँदा संधियारतर्फ भेन्टीलेसन नराख्‍ने भएमा भवन संहिता २०६० को प्रतिकुल नहुने गरी टाँसिएको भवन निर्माण गर्न दिनेछ । 

तर, झ्याल र भेन्टीलेसन राखेमा अन्य तथा संयुक्त भवनको हकमा र सार्वजनिक भवनको हकमा वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड २०७८ को उप–दफा १३।७ को खण्ड (ख) मा दिइएको तालिका अनुसार सेटव्याक कायम हुने महानगरको शहरी विकास तथा योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनले बताए ।

भवन निर्माण मापदण्ड २०७८ मा सँधियारतर्फ छाड्नुपर्ने न्यूनतम सेटव्याक १० मिटरसम्मका सार्वजनिक भवन र अन्य तथा संयुक्त भवनको हकमा १.५ मिटर, १० मिटरभन्दा बढी २४ मिटरसम्म सार्वजनिक भवनको हकमा ४ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ३ मिटर कायम गरिएको छ ।

यस्तो छ भवन  निर्माणा मापदण्डमा सेटव्याकको व्यवस्था

०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएका घर बनाउन स्वीकृति दिन रोकेको थियो । ललितपुर महानगरले १० मिटर भनेको बढीमा तीन तल्ला र १७ मिटर भनेको पाँच तल्लामात्र रहेको स्पष्ट पारेको छ ।

यस्तै, महानगरले दुई तलासम्मको भूमिगत तल्ला निर्माण गर्नको लागि चारैतर्फ कम्तिमा २ मिटर र माटोको अवस्था हेरिकन जियोटेक्निकल इन्जिनियरले वरिपरिको संरचना सुरक्षाको लागि डिजाइन गर्ने प्रोटेक्सन सिष्टमलाई आवश्यक दुरी छोडेर मात्र निर्माण स्वीकृति दिने भएको छ ।

साविकमा फ्लोर एरिया रेसिया (फार)मा छुट दिँदै आइरहेको सबै तल्लाको भर्याङ फारमा गणना हुने महानगरले जनाएको छ । तर, सबैभन्दा माथिल्लो तल्लामा भर्याङमात्र भएमा फरमा गणना हुने छैन् ।

शहरी विकास मन्त्रालयले ‘वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड २०७८’ जेठ १६ गते राजपत्रमा प्रकाशित गरेपछि ललितपुर महानगरपालिकामा १ साउनदेखि दर्ताको लागि पेश हुने नयाँ नक्सा सोही संशोधित मापदण्ड अनुसार हुनुपर्ने निर्णय गरेको छ ।

ललितपुर महानगरको १३औं नगर परिषदको निर्णय

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

6D73C2C48BEED9F-bandipur cablecare.jpg

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

C9E418F58602F58-original_61218053_404735303590165_4746977904863215616_n.jpg

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

DA901B4FD8D1DBE-94472_col.jpg

आइसीटीसी ग्रुपले काठमाडौं, चितवन र निजगढमा मिश्रित रियल इस्टेट परियोजना ल्याउँदै