यी हुन् गोदावरी क्षेत्रमा बिक्रीका लागि राखिएका घडेरीहरु

मानिस जहाँ बसेपनि सकभर काठमाडौं उपत्यकामा नै सम्पत्ती जोड्न सकेमा समाजमा इज्‍जत र प्रतिष्‍ठा बढेको महशुस गर्छन । त्यसमाथि कामकाजको हिसावले पनि धेरै नेपालीको कर्मथलो काठमाडौं बनिसकेको छ ।

406F4523C9DE64D-badge.png
736views
E3895EC7FF5FA7D-83DCD233567F76E-Gotawari-photo.jpg

काठमाडौं । सबै मानिसको इच्छा हुन्छ कि आफ्नै घर–घडेरी जोड्ने । समाजमा इज्‍जत र प्रतिष्‍ठा कमाउनका लागि घरजग्गा जोड्नुपर्ने  र सानोतिनो कमाईले घरजग्गा जोड्ने सपना पुरा गर्न निकै कठिन छ । उपत्यकाको कुनाकाप्चातिर जाँदा पनि आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी भेट्टाउन मुस्किल पर्छ ।


आफुले कमाएको पैसाबाट अलिअलि बचत गरेर घडेरी किन्‍न चाहने व्यक्ति धेरै हुन्छन् । मानिस जहाँ बसेपनि सकभर काठमाडौं उपत्यकामा नै सम्पत्ती जोड्न सकेमा समाजमा इज्‍जत र प्रतिष्‍ठा बढेको महशुस गर्छन । त्यसमाथि कामकाजको हिसावले पनि धेरै नेपालीको कर्मथलो काठमाडौं बनिसकेको छ ।

जग्गामा गरेको लगानीले निकट भविष्यमै राम्रो प्रतिफल दिने हुनाले पनि व्यवसायीक रुपमा जग्गा किनबेच गर्ने पनि धेरै हुन्छन् । पछिल्लो समय सबैन्दा मुनाफा दिने लगानीको क्षेत्र रियलस्टेट बनेको छ ।

तर, एउटा मानिसको सामान्य कमाइ र बचतले काठमाडौं उपत्यकामा जग्गाजमिन जोड्नु भनेको दिवास्वप्‍न जस्तै भइसक्यो । अझै पनि केहि त्यस्ता ठाउँ बाकी छन् जहाँ मध्यम बर्गका मानिसले पनि घडेरी जोड्न सक्ने हैसित राख्छन् । 

ललितपुको गोदावरी नगरपालिकाको किटिनी, बडिखेल, विष्‍टछाप, गोदामचौर लगायतका क्षेत्रमा अहिले पनि आनाको ९ देखि २० लाख रुपैयाँसम्ममा जग्गा किन्‍न पाइन्छ । सातदोबाटोदेखि गोदावरीसम्म धमाधम सडक विस्तारको काम भइरहेको छ । त्यस्तै, गोदावरीदेखि ललित घुम्ती द्रुतमार्गमा गएर जोडिनेछ । 

विकासे पूर्वाधार निर्माण पनि तिब्र गतिमा भइरहेको गोदावरी क्षेत्रमा अहिले जग्गामा लगानी गर्दा छिट्टै राम्रो प्रतिफल पाइने रियलस्टेट एजेन्सीहरु तर्क गर्छन् । यो ठाउँ घर बनाएर बस्‍नका लागि पनि शान्त र रमणीय छ । 

आवासीय एवम दीर्घकालिन लगानीको लागि उपयुक्त र प्रचुर सम्भावना बोकेको क्षेत्र हो गोदावरी । यस क्षेत्रमा जग्गा किन्‍न चाहनेले कहाँ खोज्‍न जाने त ? आज हामी रियलस्टेटको अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा बिक्रीका लागि सूचीकृत भएका गोदावरी क्षेत्रका जग्गाको बारेमा जानकारी गराउँदै छौं ।

बडिखेल, गोदावरीमा १३ फिट र २० फिट बाटो भएको ३ आनादेखि ५ आनासम्मको प्लटिङ गरिएको जग्गा बिक्रीमा राखिएको छ । पूर्वी र दक्षिण मोहडाका यी आवासिय जग्गाको मूल्य प्रतिआना १५ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

गोदावरी, विष्टछापमा २० फिट बाटो भएको ठाउँमा ४ आनादेखि ४ आना २ पैसा क्षेत्रफलका प्लटिङ गरिएको जग्गाहरु बिक्रीमा राखिएको छ । दक्षिण–पूर्वी मोहडाका यी आवासिय टुक्रे जग्गाको मूल्य प्रतिआना ९ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । 

गोदामचौर, गोदावरीमा १६ फिट बाटो भएको ४ आना १ पैसा क्षेत्रफलको दुईवटा टुक्रा जग्गा प्रतिआना १० लाख २५ हजार मूल्य तोकेर बिक्रीमा राखिएको छ । यी घडेरी दक्षिण मोहडा फर्किएका छन् । 

ठेचो, गोदावरीमा दक्षिण मोहोडा भएका १६ फिट पिच बाटो भएको ठाउँमा ७ आना ३ पैसा जग्गा प्रतिआना २६ लाखको दरले बिक्रीका लागि राखिएको छ ।

 

गोदावरी, किटिनीमा १६ फिट बाटो भएको ५ आना १ पैसा र १२ आना क्षेत्रफलको प्लटिङ गरिएको जग्गा बिक्रीमा छ । यस आकर्षक जग्गाको बिक्री मूल्य प्रतिआना १७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । 

झरुवारासी, गोदावरीमा २० फिट बाटो भएको ३ आनादेखि ५ आनासम्मको प्लटिङ गरिएको जग्गा प्रतिआना १४ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर बिक्रीमा राखिएको छ । 

टौखेल, गोदावरीमा १८ फिट बाटो भएको ३ आना २ पैसा जग्गा बिक्रीमा छ । उत्तरी मोहडाको यस आवासिय जग्गाको बिक्री मूल्य प्रतिआना १५ लाख रहेको छ । 

किटिनी, गोदावरीमा २० फिट बाटो भएको ३ आनादेखि ७ आनासम्मका प्लटिङ गरिएको जग्गाहरु प्रतिआना १३ लाखको दरले बिक्रीमा राखिएको छ । यी जग्गाहरु पूर्वी, पश्चिम र दक्षिण मोहडा हुन् । 

ठेचो, गोदावरीमा १० फिट बाटोको पहुँच भएको ७ आना २ दाम जग्गा बिक्रीमा राखेको देखिन्छ जसको मूल्य प्रतिआना १८ लाख रुपैयाँ रहेको छ । ठेचो, गोदावरीमै २० फिट बाटोको पहुँच भएको ५ आना १ पैसा २ दाम क्षेत्रफलको जग्गा प्रतिआना १७ लाख रुपैयाँ मूल्य तोकेर बिक्रीमा राखिएको छ । 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

3ECA957AEE86538-news cover.jpg

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि