घर निर्माण सुरु गर्नुभन्दा पहिले वास्तु मिलाउन ध्यान दिनुपर्ने कुराहरु

जसरी हामीले आफ्नो घर बलियो बनाउन गुणस्तरीय निर्माण सामाग्रीहरुको प्रयोगमा ध्यान दिइरहेका हुन्छौं त्यसरी नै घर बसाई सुखद बनाउन वास्तुशास्त्रदेखि आन्तरिक सजावटसम्म उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

406F4523C9DE64D-badge.png
512views
6283D393CB1F30A-home-final.jpg

जसरी हामीले आफ्नो घर बलियो बनाउन गुणस्तरीय निर्माण सामाग्रीहरुको प्रयोगमा ध्यान दिइरहेका हुन्छौं त्यसरी नै घर बसाई सुखद बनाउन वास्तुशास्त्रदेखि आन्तरिक सजावटसम्म उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

आवास निर्माणका लागि भनेर खरिद गरिने जग्गाको बास्तु मिलेको उपयुक्त हुनुपर्छ । घर बनाउँदा बास्तु मिलायो भने बसाई लाभदायक हुन्छ । गृह प्रवेशदेखि आन्तरिक सजावट, कोठाको निर्धारणसम्म हामीले बास्तुशास्त्रलाई ध्यान दिनुपर्छ ।  

बास्तु मिलेको घडेरी खरिद गरिसकेपछि सम्पुर्ण कुरा विचार गरेर पहिले शिलान्यासको मूहुर्तमा वास्तुविदसँग परामर्श लिनुपर्छ । हामीले शुभ मूहुर्तमा निर्माण कार्य थालनी गर्नुपर्छ । 

मानिसको पञ्चतत्वसँग नजिकको सम्बन्ध भएकाले मानव जीवनमा पञ्चतत्वले महत्वपूर्ण प्रभाव पार्दछ । 

भूमि 

विभिन्न कोणबाट शुभ भूमि चयन गनुपर्दछ ।

पानी

भवनको निमार्णदेखि नै पानी चाहिने भएकाले पानीको स्थान पूर्वोत्तर अर्थात ईशान कोणमा उचित मानिन्छ । ईनार कुवाका लागि ईशान कोणमा पानीको स्रोत बनाउनु पर्छ । 

पानीको स्रोतका लागि घर निर्माण सुरु गर्नुभन्दा पहिला नै पर्याप्त जग्गा छोड्नुपर्छ । ईशान कोणमा पानीको स्रोत निर्माण गर्न सम्भव छैन भने ट्यांकीको पानी ईशानमा झर्ने गरी धारो बनाउनुपर्छ । 

वायु

प्राणिक ऊर्जा प्राणदायिनी शतिmको रुपमा वायुलाई बुझिन्छ । भौगोलिक बनावटका आधारमा घरभित्र शुद्द हावाको प्रवेशका लागि पश्चिमोत्तर वायव्य कोणमा खाली ठाउँ राख्नु आवश्यक मानिन्छ ।

अग्नी

अग्नि (तेज) तीन प्रकारका हुन्छन् । सूर्यको प्रकाशलाई प्राकृतिक, जलबाट उत्पन्न हुनेलाई कृतिम र पेटभित्र रहने जठराग्नीलाई अग्नीको रुपमा परिभाषित गरिएको छ । 

अग्नीको स्थान आग्नेय कोण हो । भान्छा, जेनेरेटर, विद्युतिय सामाग्रीहरु र तापसँग सम्बन्धित उपकरणहरु दक्षिणपूर्व आग्नेय कोणमा स्थापित गर्नुपर्छ ।

आकाशः शब्दगुणकम् 

आकाशले खुलापन बुझाउँछ । ध्वनिलाई गति दिने र विस्तारित हुन सघाउने नै आकाश हो । घर निर्माण गर्दा चारैपट्टि खुला ठाउँ छाड्नु उपयुत हुन्छ । सुस्वास्थ, दीर्घायु र सुख–शान्तिका लागि घरको वरिपरि वृक्षारोपण गर्नु अत्यावश्यक छ । 

शुद्द वायु, शुद्द पानी, शुद्द हावा , शुद्द माटो र शुद्द भूमि नै सफल जीवनको अभिव्यतिm हो । जीवनमा  सुखशान्ति र समृद्दिका लागि सम्पूर्ण तत्वको तालमेल मिलाएर बस्नु नै सफल जीवन हो ।
 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

E8006BD865E46F0-Bathroom-Final.jpg

यस्तो हुन्छ वास्तु मिलेको वाथरुम, बाशुदेव शास्त्रीका १० टिप्स

88DB1233992CD0C-office-Final.jpg

व्यवसायमा सफल हुन पालना गर्नुपर्ने वास्तु, यी हुन् जान्नै पर्ने टिप्स

5BFFADB5B645651-home.jpg

वास्तु मिलेको घरमा बस्दा सुख, सौभाग्य र आयु आरोग्यमा वृद्धि