भूकम्पका ५ वर्ष : चार लाख ९४ हजार निजी आवास पुनर्निर्माण

शुक्रबार विनाशकारी भूकम्पले हल्लाएको ५ वर्ष पुगेको छ । ०७२ बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पले ठूलो ठूलो मानविय र भौतिक क्षती भएको थियो । एक मिनेटको भूकम्पले नेपालाई कहालीलाग्दो अवस्थामा पुर्याई दियो । २८ बैशाखमा दोस्रो झड्का जाँदा थप क्षति ब्यहोर्नु पर्यो । 

406F4523C9DE64D-badge.png
491views
8DEF643D4144E46-laprak-basti.gif

शुक्रबार विनाशकारी भूकम्पले हल्लाएको ५ वर्ष पुगेको छ । ०७२ बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पले ठूलो ठूलो मानविय र भौतिक क्षती भएको थियो । एक मिनेटको भूकम्पले नेपालाई कहालीलाग्दो अवस्थामा पुर्याई दियो । २८ बैशाखमा दोस्रो झड्का जाँदा थप क्षति ब्यहोर्नु पर्यो । 

त्यो भूकम्पको पराकम्पन अहिलेसम्म पनि आइरहेको छ ।

भूकम्पका झड्काले नेपालका मध्य भागका गोरखा, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायत १४ जिल्लामा क्षती भयो ।

भूकम्पका कारण ८ हजार ७ सय ९० जनाका निधन भयो । हजारौंको संख्यामा घाइते हुन पुगे । देशका ८० लाखभन्दा बढी जनता प्रभावित भएका थिए ।

भूकम्पले निजी आवास, सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य संस्था, मठमन्दिर, गुम्बा, पुरातात्विक संरचना, राणाकालिन दरबार, पाटन, भक्तपुर र ललितपुरको दरबार स्क्वायर, धरहरा, विद्युत गृह, खानेपानी, सुरक्षा निकायका भवन, होटल, उद्योग, सडक, लगायतमा ठूलो क्षति पुगेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पका झड्काले ८ लाखभन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएका थिए । कुल ७ हजार ५ सय ५३ स्कुल कलेज भत्किए । भूकम्पले ९ सय २० सम्पदा, ११ सय ९७ स्वास्थ्य संस्था, ४ सय १५ सरकारी भवन भत्किएका थिए ।

विपदपछिको आवश्यकता आंकलन प्रतिवेदन (पीडीएनए) अनुसार भूकम्पबाट ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । क्षतिग्रस्त पूर्वाधार पनुर्निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान गरिएका थियो ।

तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले भूकम्पपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरे । सम्मेलनमा द्धिपक्षिय र बहुपक्षीय दाताहरुले ठूलो सहयोगको घोषणा गरेका थिए । दाताहरुले ३ खर्ब २६ अर्ब रुपैयाँ सहयोगको घोषणा गरे । जबकी सरकारले नै ३ खर्ब हाराहारी सहयोग आउने अपेक्षा गरेको थियो ।

भूकम्पले क्षतिग्रस्त निजी आवास, सरकारी भवन, राणाकालिन दरबार, विद्यालय, स्वास्थ्य संस्था, सडक, मठमन्दिर, पुरातात्विक सम्पदाहरुको अझै पुनर्निर्माणको काम सकिएको छैन् ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्यो । प्राधिकरण स्थापना भएको करीव साढे ४ बर्षमा पुनर्निर्माणमा प्राधिकरणबाट मात्रै ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो रकमध्ये सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब र गैरसरकारी संस्थामार्फत ७२ अर्ब खर्च भएको प्राधिकरण बताउँछ ।

प्राधिकरण स्थापनाको करीव साढे ४ बर्षमा ४ लाख ९४ हजार ४४ निजी घर पुनर्निर्माण भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवाली बताउँछन् । उनका अनुसार, एक लाख ९० हजार १४५ निजी आवास पुनर्निर्माणको चरणमा छन् ।

कुल ८ लाख ८१ ह्जार १७६ लाभग्राहीले निजी आवास अनुदान सम्झौता गरेको छन्, जसमध्ये ५ लाख ६१ हजार ५५० अर्थात ७२ प्रतिशतले अन्तिम किस्ता अनुदान रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ता लैजाने लाभग्राही ७ लाख ७६ हजार ८५३ जना रहेका छन् । यो संख्या भनेको अनुदान सम्झौता गरेका कुल लाभग्राहीको ९९ प्रतिशत हो । 

सिइओ ज्ञवालीका अनुसार कुल ८ लाख ८१ ह्जार १७६ लाभग्राहीले निजी आवास अनुदान सम्झौता गरेको छन्, जसमध्ये ५ लाख ६१ हजार ५५० अर्थात ७२ प्रतिशतले अन्तिम किस्ता अनुदान रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ता लैजाने लाभग्राही ७ लाख ७६ हजार ८५३ जना रहेका छन् । यो संख्या भनेको अनुदान सम्झौता गरेका कुल लाभग्राहीको ९९ प्रतिशत हो । 

यो अवधिमा ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएका छन् । र, ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । २७ वटा डिपिआर स्वीकृत भई निर्माणाधिन छन् । 

भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ५ हजार ५९८ विद्यालय पनुर्निर्माण भइसकेको सिइओ ज्ञवालीले बताए । यो भनेको ७४ प्रतिशत हो । उनका अनुसार एक हजार ४९२ विद्यालय पुनर्निर्माणको क्रममा छन् । 

भूकम्पले ३२ जिल्लामा ९२० सम्पदा भत्किएका थिए जसमध्ये ४०२ पुनर्निर्माण भइसकेका छन् । १४१ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । 

काठमाडौं उपत्यकाभित्र तीनवटा दरबार स्क्वायर, काष्ठमण्डप लगायत १७० वटा सम्पदामा क्षति पुगेको थियो जसमध्ये १०१ वटा निर्माण सम्पन्न भइसकेको प्राधिकरणले बतायो । ५४ वटा पुनर्निर्माणको क्रममा छन् । 

१ हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ वटा स्वास्थ्य संस्थाको पुननिर्माण भइसकेका छन भने १४५ वटा पुनर्निर्माण भइरहेका छन् । ४१५ सरकारी भवनमध्ये ३४९ वटा, १९४ वटा सुरक्षा निकायका भवन पुनर्निर्माण भइसकेका छन् । 

असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २०४ जनाले सुरक्षित आवासका लागि जग्गा पाइसकेका छन् । ८ हजार ७४४ भूमिहीन लाभग्राहीलाई जग्गा उपलब्ध गराएर आवास निर्माण गर्ने वातावरण मिलाइसकेको ज्ञवाली बताउँछन् । खानेपानी विभागमार्फत १ हजार वटा खानेपाली योजना सम्पन्न भएका छन् । 

भूकम्पको इपिसेन्टर बनेको गोराखाको लाप्राकमा सुन्दर बस्ती निर्माण भइसकेको छ । पुरानो मौलिकपन ध्वस्त गरिए पनि गैरआवासिय नेपाली संघले स्थनीयका लागि आवास बनाइदिएको छ ।

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

38CBFFB4B3F27BB-2C3C6B4415FC4A0-basantapur-durbar-squre.gif

बजेट ०७७/७८ : भूकम्पपछिको पुनर्निर्माणमा ५५ अर्ब बजेट विनियोजन