काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्नका लागि ५५ अर्ब रुपैयाँ बिनियोजन गरेको छ ।
काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्नका लागि ५५ अर्ब रुपैयाँ बिनियोजन गरेको छ ।
सरकारले निर्माणाधीन धरहरा, रानीपोखरी र सिंहदरबारको मूल भवन लगायतको पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
निजी आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन, स्वास्थ्य संस्था र सरकारी भवन तथा क्षतिग्रस्त अन्य संरचनानको पुनर्निर्माणको लागि आगामी आर्थिक बर्षको बजेटमा ५५ अर्ब रुपैयाँ बिनियोजन गरेको हो ।
विद्यालय भवन पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न सम्बन्धीत स्थानीय तहसँगको साझेदारीमा स्थानीय आवश्यकता अनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिने बजेटमा उल्लेख छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पका झड्काले ८ लाखभन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएका थिए । कुल ७ हजार ५ सय ५३ स्कुल कलेज भत्किए । भूकम्पले ९ सय २० सम्पदा, ११ सय ९७ स्वास्थ्य संस्था, ४ सय १५ सरकारी भवन भत्किएका थिए ।
प्राधिकरण स्थापनाको करीव साढे ४ बर्षमा ४ लाख ९४ हजार ४४ निजी घर पुनर्निर्माण भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवाली बताउँछन् । उनका अनुसार, एक लाख ९० हजार १४५ निजी आवास पुनर्निर्माणको चरणमा छन् ।
सिइओ ज्ञवालीका अनुसार कुल ८ लाख ८१ ह्जार १७६ लाभग्राहीले निजी आवास अनुदान सम्झौता गरेको छन्, जसमध्ये ५ लाख ६१ हजार ५५० अर्थात ७२ प्रतिशतले अन्तिम किस्ता अनुदान रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ता लैजाने लाभग्राही ७ लाख ७६ हजार ८५३ जना रहेका छन् । यो संख्या भनेको अनुदान सम्झौता गरेका कुल लाभग्राहीको ९९ प्रतिशत हो ।
यो अवधिमा ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएका छन् । र, ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । २७ वटा डिपिआर स्वीकृत भई निर्माणाधिन छन् ।
भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ५ हजार ५९८ विद्यालय पनुर्निर्माण भइसकेको सिइओ ज्ञवालीले बताए । यो भनेको ७४ प्रतिशत हो । उनका अनुसार एक हजार ४९२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।
भूकम्पले ३२ जिल्लामा ९२० सम्पदा भत्किएका थिए जसमध्ये ४०२ पुनर्निर्माण भइसकेका छन् । १४१ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन् ।
काठमाडौं उपत्यकाभित्र तीनवटा दरबार स्क्वायर, काष्ठमण्डप लगायत १७० वटा सम्पदामा क्षति पुगेको थियो जसमध्ये १०१ वटा निर्माण सम्पन्न भइसकेको प्राधिकरणले बतायो । ५४ वटा पुनर्निर्माणको क्रममा छन् ।
हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ वटा स्वास्थ्य संस्थाको पुननिर्माण भइसकेका छन भने १४५ वटा पुनर्निर्माण भइरहेका छन् । ४१५ सरकारी भवनमध्ये ३४९ वटा, १९४ वटा सुरक्षा निकायका भवन पुनर्निर्माण भइसकेका छन् ।