काठमाडौं । कोभीड–१९ महामारीका कारण काठमाडौं उपत्यकाको जग्गाको न्यूनतम मूल्यांकन पुरानै कायम गरिएको छ । केही ठाउँको मूल्यांकन सामान्य बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
काठमाडौं । कोभीड–१९ महामारीका कारण काठमाडौं उपत्यकाको जग्गाको न्यूनतम मूल्यांकन पुरानै कायम गरिएको छ । केही ठाउँको मूल्यांकन सामान्य बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
सम्बन्धित जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले चालु आर्थिक वर्षका लागि जग्गाको मूल्यांकन यथावत राख्ने निर्णय गरेका हो ।
गत वर्ष काठमाडौं जिल्लाभित्र पर्ने जग्गाको न्यूनतम मूल्यांकन ४० प्रतिशतसम्म वृद्धि गरेर नयाँ मूल्यांकन गरिएको थियो । काठमाडौं उपत्यकाका ९ वटै मालपोत कार्यालय अन्तर्गत पर्ने सबै क्षेत्रको न्यूनतम मूल्यांकन भइसकेको छ ।
सरकारले जग्गा किनबेच गर्दा रजिष्ट्रसन हुने लिखतमा थैली रकम कायम गर्नका लागि न्यूनतम मूल्य कायम गर्छ । यही थैली रकमका आधारमा सरकारले राजश्व उठाउने काम गर्छ ।
राज्यले तोकेको मूल्यांकन र बजार भाउमा ठूलो अन्तर हुन्छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा गत असार २२ गते बसेको बैठकले मूल्यांकन बढाउने निर्णय गरेको थियो । सो निर्णय साउन १ गतेदेखि नै लागू भएको छ ।
काठमाडौंका मालपोत कार्यालयले अधिकतम ६० लाखसम्म मूल्यांकन गरेको छ । न्यूरोड, दरबारमार्ग, माइतीघर, रत्नपार्क, ठमेल, इन्द्रचोक लगायत क्षेत्रमा अधिकतम मूल्यांकन छ ।
सोल्टीमोडबाट कलंकी हुँदै बल्खुसम्म ३३ लाख, बल्खु चोकदेखि कीर्तिपुरको गेटसम्म प्रतिआना १८ लाख, सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ को सीमासम्म प्रतिआना २० लाख रुपैयाँ कायम गरिएको छ ।
मालपोत कार्यालय कलंकी अन्तर्गत पर्ने बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएको दायाँ बायाँको जग्गाको मूल्यांकन प्रतिआना ३५ लाख छ । विष्णुमतिदेखि रविभवनसम्म प्रतिआना ३३ लाख, कालिमाटीदेखि बल्खुसम्म प्रतिआना ३३, टेकु–कालीमाटी मुल सडकको उत्तरतर्फ प्रतिआना २१ निर्धारण गरिएको छ ।
दक्षिणकाली नगरपालिकामा बाटो नभएको जग्गाको मूल्यांकन प्रतिआना २५ हजार रुपैयाँ तोकिएको छ । यो नै काठमाडौं जिल्लाको सबैभन्दा सस्तो जग्गा हो । यही ठाउँमा राम्रो सडक भएको ठाउँमा भने प्रतिआना ४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
सोल्टीमोडबाट कलंकी हुँदै बल्खुसम्म ३३ लाख, बल्खु चोकदेखि कीर्तिपुरको गेटसम्म प्रतिआना १८ लाख, सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ को सीमासम्म प्रतिआना २० लाख रुपैयाँ कायम गरिएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा सामान्य बाहेक न्यूनतम मूल्य यथावत राखिएको छ ।
बालकूमारी पूलदेखि कोटेश्वर हुँदै तीनकुने, मिनभवन, नयाँबानेश्वर, बिजुलीबजार, थापाथली, त्रिपूरेश्वर हुँदै विष्णुमति पुलसम्मका मुल सडकसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ३६ लाख रुपैयाँ तोकिएको छ ।
पूरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँको जग्गा, माइतीघर मण्डला पुरातत्व विभागबाट पूर्व सिंहदरबार दक्षिणगेट हुँदै हनुमानथानसम्मको मुलबाटोसँग जोडिएको दायाँबायाँको जग्गाको पनि प्रतिआना न्यूनतम मूल्यांकन ३६ लाख राखिएको छ ।
नगार्जुन नगरपालिकामा प्रतिआना ५० हजारदेखि दुई लाखसम्म मूल्यांकन वृद्धि भएको छ ।
दक्षिणकाली नगरपालिकामा बाटो नभएको जग्गाको मूल्यांकन प्रतिआना २५ हजार रुपैयाँ तोकिएको छ । यो नै काठमाडौं जिल्लाको सबैभन्दा सस्तो जग्गा हो । यही ठाउँमा राम्रो सडक भएको ठाउँमा भने प्रतिआना ४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
मालपोत कार्यालय साँखुले सबैभन्दा बढी प्रतिआना १७ लाखसम्म जग्गाको मूल्य कामय गरेको छ । साँखु जाने मुल सडकको दायाँ बायाँ ११ लाख तोकेको छ । सहायक सडकमा जोडिएको जग्गाको ८ लाख रुपैयाँ तोकिएको छ ।
काठमाडौं जिल्लामा ६ वटा मालपोत कार्यालय छन्, चावाहिल, डिल्लीबजार, कलंकी, मनमैजु, साँखु र टोखा ।
ललितपुरको गोटीखेलमा प्रतिआना जग्गाको मूल्यांकन १२ सय रुपैयाँसम्म छ । गोटीखेलसहित गिम्दी, चन्दनपुर, ठुला दुर्लुङ, बुखेल, मानिखेल, शंखु लगायत ठाउँमा जग्गाको न्यूनतम मूल्यांकन कम छ ।
गोटी खेलमा पिच सडक भएका ठाउँमा प्रतिआना न्यूनतम मूल्यांकन ३ लाख ५० हाजरसम्म तोकिएको छ ।
ललितपुरको लगनखेल, जावलाखेल, कुपण्डोल लगायत क्षेत्रमा प्रतिआना ३५ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । सैंबु आवासिय क्षेत्रमा भने १९ लाख २० हजार रुपैयाँ प्रतिआना न्यूनतम मूल्यांकन गरिएको छ ।
ललितपुर जिल्लामा दुईवटा मालपोत कार्यालय छन् ।
भक्तपुर जिल्लामा प्रतिआना न्यूनत मूल्यांकन १२ हजार रुपैयाँदेखि २४ लाख रुपैयाँसम्म तोकिएको छ । अरनिको राजमार्गसँग जोडिएका दायाँबायाँको जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना २३ लाख ७६ हजार रुपैयाँ तोकिएको छ ।
साविकको सिपाडोल गाविसभित्र प्लानिङ भएको ठाउँमा पक्की बाटो भएको जग्गाका लागि प्रतिआना ८ लाख ७१ हजार रुपैयाँ न्यूनतम मूल्यांकन छ । सोही ठाउँमा कच्ची सडक भएको जग्गाको प्रतिआना ६७ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।
भक्तपुका विभिन्न क्षेत्रमा गोरेटो बाटो भएका जग्गाहरुको प्रतिआना १ लाख ९ हजारदेखि २ लाख ६६ हजारसम्म र बाटो नभएको जग्गाको प्रतिआना १२ हजार ५३ हजार रुपैयाँसम्म न्यूनतम मूल्यांकन गरिएको छ ।
१२६ मालपोत कार्यालय अन्तर्गत पर्ने देशैभरीको जग्गाको सरकारी मूल्यांकन थाहा पाउन यहाँ लिंक क्लिक गर्नुहोस् ।
काठमाडौं भ्यालीका कुन क्षेत्रको सरकारी मुल्यांकन कति ?