यसकारण बन्दैछ ललितपुरको गोदावरी आकर्षक आवासीय क्षेत्र !

काठमाडौं उपत्यकामा मुख्य स्थान वरिपरि आजभोलि खाली जग्गा भेट्न मुश्किल पर्छ । भेटिहाले पनि ती जग्गा सर्वसाधारणको पहुँचबाट निकै टाढा छन् ।  त्यसैले हिजोआज कुना काप्चातिर घडेरी जोड्न खोज्ने बढिरहेका छन् । यस्तै ठाउँमध्ये पर्छ, ललितपुरको गोदावरी ।  लामो समयदेखि गोदावरी आन्तरिक पर्यटकले रुचाएको गन्तव्य हो । 

406F4523C9DE64D-badge.png
451views
83DCD233567F76E-Gotawari-photo.jpg

काठमाडौं उपत्यकामा मुख्य स्थान वरिपरि आजभोलि खाली जग्गा भेट्न मुश्किल पर्छ । भेटिहाले पनि ती जग्गा सर्वसाधारणको पहुँचबाट निकै टाढा छन् ।  त्यसैले हिजोआज कुना काप्चातिर घडेरी जोड्न खोज्ने बढिरहेका छन् । यस्तै ठाउँमध्ये पर्छ, ललितपुरको गोदावरी ।  लामो समयदेखि गोदावरी आन्तरिक पर्यटकले रुचाएको गन्तव्य हो । 

सातदोबाटो (गोदावरी) सडक स्तरोन्नतिको काम धमाधम भइरहेकाले गोदावरी आसपास बस्ती विकासको काम द्रुत गतिमा बढिरहेको छ । तुलनात्मक हिसाबले अरू ठाउँभन्दा सस्तोमा जग्गा पाइने भएकाले पनि सर्वसाधारण यतातिर आकर्षित भएको रियल स्टेट व्यवसायी दामोदर कार्की बताउँछन् । 

सड़कको पहुँच, स्वच्छ हरियाली वातावरण, उत्तरी हिमशृंखलाको मनमोहक दृश्यावलोकन, खानेपानीको राम्रो सुविधा भएका कारण यस भेगतिर जग्गा किन्ने, घर बनाउनेहरू बाकलिँदै गएको कार्की बताउँछन् । गोदावरी पछिल्लो समय रियल स्टेट लगानीकर्ताहरूको पनि प्राथमिकतामा पर्न थालेको छ । गोदावरीमै केन्द्रित रही जग्गा व्यवसाय गर्ने जग्गाजमिन प्रालिका सञ्चालक सुवाश पाठक विशेष गरी आसपासका शान्तिवन, गोदामचौर, विष्टछाप, बड़ीखेल, विशंखुनारायण, कितिनी एरियामा जग्गा कारोबार बढिरहेको बताउँछन् ।  

‘सातदोबाटोबाट नौ किलोमिटर दूरीमा रहेको गोदावरीको स्वच्छ हावापानी, शान्त वातावरण, हिमशृंखलाको मनमोहक दृश्यावलोकनले धेरैलाई यतातिर आकर्षित गरेको छ,’ पाठक भन्छन्, ‘नौधाराबाट फुल्चोकी डाँडासम्मको पदमार्गको आकर्षण बढ्दो छ । प्याराग्लाइडिङको सम्भावना रहेका क्षेत्र यहाँ छन् ।’ 

किन बढ्दै छ आकर्षण ?

  • संघीय सरकारले निर्माण गरिरहेको पाँच हजार क्षमताको सम्मलेन भवन गोदावरीमै रहेको छ ।
  • ललित घुम्ती अन्तर्गतको सड़क सञ्जाल लेले, चापागाउँ, छम्पी हुँदै फास्ट ट्र्याकसँग जोडिएको छ ।
  • सेन्ट जेभिएर्स स्कुल छ । 
  • २०८० सम्म हरेक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यसहित पाइप बिछाउने काम द्रुतगतिमा अघि बढिरहेको छ ।  
  • गोदावरी भिलेज रिसोर्ट, भ्यु भृकुटी होटल, वृन्दावन होटल आदि आन्तरिक सभा–सम्मलेनको हबका रूपमा चर्चित छ । 
  • केही महिनामा सम्पन्न हुने भनिएको निर्माणाधीन होटल गोदावरीले थप आकर्षण बढिरहेको छ ।    
  • गोदावरी वनस्पति उद्याननजिकै रहेको १२ बर्र्से मेला लाग्ने सिद्धेश्वर महादेव, सन्तानेश्वर महादेव र चापगाउँमा अवस्थित वज्रबाराही  मन्दिर प्रख्यात धार्मिक गन्तव्यका रूपमा छन् ।

यसबाहेक सर्वसुलभ स्वास्थ्य सेवाका लागि पनि विभिन्न योजना बनिरहेको स्थानीयको भनाइ छ । हाल सबैभन्दा नजिक पर्ने अस्पतालमा हरिसिद्धिको प्रख्यात क्यान्सर अस्पताल, धापाखेलको सुमेरु अस्पताल रहेका छन् ।     

सातदोबाटो, गोदावरी खण्डमा पर्ने ठैंवबाट मात्र साढे दुई किलोमिटर पश्चिम लागेपछि पुगिने गोदामचौर, विशंखुनारायण क्षेत्र अहिले व्यापारिक र आवासीय प्रयोजनका लागि सम्भावना युक्त क्षेत्र रहेको स्थानीय बताउँछन् ।  

जग्गाको भाउ 

गोदावरी नगरपालिका वडा नंबर ३ मा पर्ने टौखेल, कितिनीलगायत ठाउँमा हाइवे टच बाटोमा आनाको ३५ देखि ४० लाख रुपैयाँसम्म पर्ने जग्गाजमिनका पाठक बताउँछन् । त्यस्तै, वडा नंबर १ मा पर्ने गोदामचौरतिर टुक्रे जग्गा आनाको १५ लाखदेखि २०–२२ लाख रुपैयाँसम्म रहेको छ । त्यस्तै, धेरै जग्गा एकमुस्ट उठाए १६ फिटे सडकसँगै पनि आनाको आठ लाख रुपैयाँसम्म पर्ने स्थानीय व्यवसायी बताउँछन् ।  

सातदोबाटो, गोदावरी सडक खण्डदेखि भित्री शाखा बाटो छेउछाउ २० फुटे बाटोमा आनाको २० देखि २५ लाख रुपैयाँसम्म र एक किलोमिटरसम्म दायाँबायाँ लाग्ने हो भने आनाको १० लाखदेखि १५ लाख रुपैयाँसम्म पर्ने पाठक बताउँछन् । ‘उपत्यकाका अरू विशिष्ट ठाउँ हेर्दा आवासीय होस् या व्यावसायिक प्रयोजनका लागि राम्रो ठाउँमा सस्तो जग्गा पाइने भएकाले गोदावरीमा जग्गा किन्नेहरू ओइरिरहेका छन्,’ उनी भन्छन्, ‘अहिले किनेर दुई–चार वर्षपछि नाफा कमाउने हिसाबले बेच्छु भन्नेहरूका लागि पनि अहिले गोदावरी आसपास जग्गाजमिन जोड्नु सही समय हो ।’ 

यो पनि पढ्नुहोस:

बुढानीलकण्ठ: किन बन्दै छ रियल इस्टेटको हट स्पट ?

काठमाडौंमा घडेरीमा लगानी– यी हुन् राम्रो नाफा दिने मुख्य क्षेत्रहरु

भैंसेपाटी किन बन्यो भीआईपी आवासीय एरिया ?

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

53E4892C2D10F04-Summit-Hotel-photo-2.jpg

कुपण्डोलको समिट होटलमा सुपर लक्जरियस अपार्टमेन्ट बन्ने

D08FB3B5C330047-6DEB5316F208BBC-Kathmandu-2.gif

दरबारमार्ग, न्यूरोड, ठमेलको सरकारी मूल्य ६० लाख ! दक्षिणकालीमा २५ हजार, कुन ठाउँको कति मूल्यांकन ? (सूचिसहित)