बैंकबाट कुन कुन शीर्षकमा पाइन्छ घरकर्जा ?

हरेक व्यक्तिको चाहना हुन्छ, आफ्नै घर होेस् । ‘पैसा कमाएर घर बनाउँछु’ भन्नुभयो भने सपना पूरा गर्न वर्षौं लाग्न सक्छ । तपाईंको सपना तत्काल साकार पार्न बैंक र वित्तीय संस्था तम्तयार छन् ।

406F4523C9DE64D-badge.png
507views
DB251D2C7A0FDAE-Home-Loan-photo.jpg

हरेक व्यक्तिको चाहना हुन्छ, आफ्नै घर होेस् । ‘पैसा कमाएर घर बनाउँछु’ भन्नुभयो भने सपना पूरा गर्न वर्षौं लाग्न सक्छ । तपाईंको सपना तत्काल साकार पार्न बैंक र वित्तीय संस्था तम्तयार छन् । घर वा फ्ल्याट खरिद गर्ने योजना बनाउनुस् अथवा पुरानो घरलाई विस्तार र मर्मतसम्भार गर्नुहोस्, तपाईंको योजनामा बैंकहरू लगानी गर्छन्, त्यो पनि आकर्षक ब्याजदरमा ।

नेपाल राष्ट्र बैंकले घर बनाउनका लागि जग्गा किन्न लिइने ऋणलाई पनि घरकर्जाकै श्रेणीमा राखेको छ । घर किन्न, घर बनाउन, आवास विस्तार एवं मर्मत गर्न र भविष्यमा घर बनाउन जग्गा किन्ने प्रयोजनमा बैंकबाट लिइने ऋणलाई घरकर्जा अथवा होमलोन भनिन्छ । घर किन्नुभन्दा पहिले तपाईंले आफ्नो बजेटको आकार निश्चित गर्नु आवश्यक छ । पहिले नै प्रस्ट हुनुहोस् कि तपाईंसँग कति नगद छ र कतिसम्म ऋण थेग्न सक्नुहुन्छ ? घर खरिद गर्ने स्पष्ट बजेटको खाका दिमागमा राखेपछि बल्ल घरकर्जाका लागि प्रक्रिया सुरु गर्नुपर्छ ।

प्रविधिमा भएको विकाससँगै घरकर्जा पनि छिटो र सहज तरिकाले पाउन सकिन्छ । तर, कसैले पनि ऋण लिनुुअघि आफ्नो आवश्यकता र सामथ्र्य पहिचान गरी राम्रोसँग सोचविचार गरेर मात्र सही ‘लोन प्याकेज’ छनौट गर्नुपर्छ । नेपालमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले यो ऋण उपलब्ध गराउँछन् । 

नेपाल राष्ट्र बैंकले आवास बनाउन, आवास किन्न वा पछि आवास बनाउने उद्देश्यले खरिद गर्न लागेको जग्गामा प्रवाह गरिने ऋणलाई घरकर्जा श्रेणीमा राखेको छ । जुनसुकै शीर्षकमा घरकर्जा लिए पनि ब्याजदर एउटै हुन्छ । तर, शीर्षकअनुसार प्रक्रिया भने फरक–फरक हुन्छ ।

नेपालमा अहिले बैंक र वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा निम्न किसिमका ऋण प्रवाह गरिरहेका छन् । 

१) घर खरिद ऋण 

यो सबैभन्दा चल्तीको घरकर्जा हो । घर वा फ्ल्याट खरिद गर्नका लागि बैंक र वित्तीय संस्थाले ऋण उपलब्ध गराउँछन् । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्नेका लागि केही सुविधा उपलब्ध गराएको छ । बैंकहरूले काठमाडौँ उपत्यकामा धितो मूल्यांकनको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म घरकर्जा उपलब्ध गराउँछन् । यो रकम १ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन हुँदैन । पहिलो पटक घरजग्गा खरिद गर्ने ग्राहकले काठमाडौं उपत्यकामा पनि ६० प्रतिशतसम्म कर्जा पाउँछन् ।  

यदि कुनै बनिसकेको घर किन्ने निधो गरेर ऋण लिन बैंकमा जानुभयो भने बैंकले सबैभन्दा पहिला तपाईंले खरिद गर्न लागेको घरको फेयर मार्केट भ्यालु (उचित बजार मूल्य) निकाल्छ । बैंकले इन्जिनियरलाई भ्यालुएटर (मूल्यांकनकर्ता) तोकेको हुन्छ । उसले सबैभन्दा पहिला घर बनेको जग्गाको सरकारी मूल्य र चलनचल्तीको मूल्यबाट फेयर मार्केट भ्यालु निकाल्छ । दोस्रोमा त्यो घर कति पुरानो हो, आजको दिनमा त्यत्तिको घर बनाउन (फिनिसिङसहित) कति लगानी गर्नुपर्छ । बैंकले आफ्नै ढंगले घरको अधिकतम आयु तोकेका हुन्छन् । 

इन्जिनियरले घर निर्माण गरेको जति वर्ष भयो, त्यसकै आधारमा डिप्रिसेसन (ह्रासकट्टी) गरेर घरको मूल्य निकाल्छन् । कुन ठाउँमा घर बनाइएको छ, त्यो ठाउँमा घर बनाउँदा कति खर्च हुन्छ, इन्जिनियरले सबै हेरेर इस्टिमेटेड कस्ट (अनुमानित खर्च) निकाल्छन् । अनि, जग्गाको फेयर मार्केट भ्यालु र घरको डिप्रिसेसन कट्टा गरेपछि निकालेको मूल्य जोडेर धितोको औसत मूल्य निकाल्छन् र त्यही मूल्यांकनको ५० देखि ६० प्रतिशतसम्म ऋण दिन्छन् । बैंकमा त्यही धितो बन्धक रहन्छ । कतिसम्म ऋण पाउने भन्ने कुरामा तपाईंको आम्दानी पनि हेरिन्छ ।

नेपाल राष्ट्र बैंकले घर बनाउनका लागि जग्गा किन्न लिइने ऋणलाई पनि घरकर्जाकै श्रेणीमा राखेको छ । घर किन्न, घर बनाउन, आवास विस्तार एवं मर्मत गर्न र भविष्यमा घर बनाउन जग्गा किन्ने प्रयोजनमा बैंकबाट लिइने ऋणलाई घरकर्जा अथवा होमलोन भनिन्छ ।

फस्र्ट होम बायर अर्थात् पहिलो पटक खरिदकर्ताको सुविधामा घरकर्जा लिँदा घरभाडालाई आम्दानीको स्रोत देखाउन पाइँदैन । घर तीन हजार वर्ग फिटभन्दा ठूलो क्षेत्रफलमा हुनु हुँदैन । त्यो घरमा आफैँ बस्नुपर्ने हुन्छ । दोस्रो घर बनाउने वा किन्ने भनेकै व्यवसायका लागि भनेर बुझिन्छ । सेकेन्ड होम बायर अर्थात् दोस्रो पटक खरिदकर्ताले घरभाडालाई पनि आम्दानीको स्रोतको रूपमा देखाउन पाउँछ । 

यदि तपाईंले पहिला ऋण लिएर घर किन्नुभएको थियो, त्यो घर बिक्री गरेर अर्को घर किन्दै हुनुहुन्छ भने फस्र्ट होम बायरको सुविधा पाउनुहुन्न । एक पटक घरकर्जा लिएपछि अर्को पटक लिँदा स्वतः सेकेन्ड बायर भइन्छ ।

२) घर निर्माण कर्जा

यदि आफ्नै जग्गा छ र त्यसैमा घर बनाउने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंलाई बैंकहरूले ‘घर निर्माण कर्जा’ शीर्षकमा ऋण दिन्छन् । काठमाडौँ उपत्यकामा जग्गा फेयर मार्केट भ्यालु र घरको इस्टिमेटेड कस्टमा ५० प्रतिशतसम्म र उपत्यकाबाहिर ६० प्रतिशतसम्म कर्जा पाइन्छ । यदि फस्र्ट होम बायर भएको खण्डमा देशैभर ६० प्रतिशतसम्म कर्जा पाइन्छ । तपाईंले ऋण लिनका लागि बनाउन लागिएको घरको इस्टिमेटेड कस्ट बैंकमा बुझाउनुपर्छ ।

बैंकलले जग्गाको फेयर मार्केट भ्यालु र घर (डिजाइन/नक्सा)को इस्टिमेटेड कस्ट जोडेर औसत मूल्यांकन निकाल्छन् । त्यही मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा पाइन्छ । यदि तपाईंले बनाउन लागेको घरको अनुमानित खर्च बैंकले निकालेको औसत मूल्यांकनको ५० प्रतिशतभित्र अटाएको खण्डमा शतप्रतिशतसम्म पनि ऋण पाइन्छ । 

उदाहरणका लागि तपाईंको काठमाडौँ, बानेश्वरमा चार आना जग्गा छ । त्यो जग्गाको चलनचल्तीको मूल्य प्रतिआना ५० लाख रुपैयाँ र सरकारी मूल्यांकन ३० लाख रुपैयाँ छ । सरकारी मूल्यांकनको ३० प्रतिशत र बजार मूल्यको ७० प्रतिशतलाई आधार बनाएर फेयर मार्केट भ्यालु निकाल्दा १ करोड ५८ लाख रुपैयाँ पर्न आउँछ । तपाईंले बनाउन लागेको घरको इस्टिमेटेड कस्ट १ करोड २० लाख रुपैयाँ भएमा अब तपाईंको घरको मूल्यांकन २ करोड ७८ लाख हुन आउँछ । बैंकले २ करोड ७८ लाख रुपैयाँको काठमाडौँ उपत्यकाभित्र ५० प्रतिशत कर्जा प्रवाह गर्दा तपाईंले १ करोड ३९ लाख रुपैयाँ ऋण पाउने अवस्था रहन्छ । यहाँ इस्टिमेटेड कस्टको शतप्रतिशत लगानी हुने अवस्था आयो । 

तर, बैंकले अधिकतम डेढ करोडको सिलिङभित्र रहेर घरको इस्टिमेटेड कस्टभन्दा बढी कर्जा दिँदैनन् । यदि फस्र्ट होम बायर भएमा इस्टिमेटेड कस्टको तीन करोड रुपैयाँसम्म ऋण लिन सकिन्छ । यसमा पनि तपाईंको आम्दानीले मासिक किस्ता बुझाउन सक्ने हुनैपर्छ । 

देशको सबै ठाउँमा घर बनाउँदा शतप्रतिशत कर्जा पाउने भन्ने हुँदैन । जग्गाको भाऊ, घरको अनुमानित खर्च र तपाईंको आम्दानीले कति कर्जा पाउने भन्ने निर्धारण गर्छ । घर निर्माणका लागि दिइने ऋण रकम तपाईंको जग्गा कस्तो स्थानमा छ, कति फिटे बाटोले जोडिएको छ, घरको सरकारी र चलनचल्तीको मूल्यांकन कति छ जस्ता विषयले घर बनाउने जग्गाको फेयर मार्केट भ्यालु तलमाथि पर्नेछ ।

बैंकले ऋण दिँदा सोही जग्गा र घरको डिजाइनलाई धितोको रूपमा राख्छन् । बैंकअनुसार ६ महिनादेखि एक वर्षसम्मको ‘मोनाटोरियम पिरियड’ हुन्छ । यो अवधिमा बैंकलाई ब्याज मात्र तिरे पुग्छ । त्यसपछि साँवा र ब्याजको किस्ता सुरु हुन्छ ।


 
यदि तपाईंको जग्गा ऋणमा छ भने पनि घर बनाउँदा फेरि बैंकबाट ऋण लिन सक्नुहुन्छ । तपाईंलाई जग्गा किन्न बैंकले ऋण दिएको छ । अब त्यो जग्गामा घर बनाउने सोच बनाएर थप ऋण लिन खोज्नुभयो भने तपाईंको आम्दानीले ऋणको मासिक किस्ता नियमित बुझाउन सक्ने प्रमाण पेश गर्नुपर्ने हुन्छ । यदि बैंकले तपाईंको आम्दानीले थप ऋणको पनि साँवा र ब्याज बुझाउन सक्ने ठहर गरेमा घरकर्जा पाउनुहुन्छ । धितोका रूपमा जग्गा र घरको डिजाइन (नक्सा) नै रहन्छ । 
 
आफ्नै जग्गामा घर बनाउँदा पनि घरको इस्टिमेटेड कस्ट चाहिन्छ । इन्जिनियरले घर ठड्याएर फिनिसिङ गर्दासम्म लाग्ने इस्टिमेटेड कस्ट सहितको डिजाइन तयार पार्छन् । त्यो डिजाइनलाई सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा पेश गरेर निर्माण इजाजत लिनुपर्छ । अर्थात् घरको नक्सा पास गर्नुपर्छ । घरको इस्टिमेटेड कस्ट, घर निर्माण स्वीकृतिलगायत सम्पूर्ण वैधानिक कागजातहरू नदिँदासम्म बैंकले ऋणको प्रक्रिया नै सुरु गर्दैन । 

बैंकले घर बनाउँदा एकैचोटि पैसा दिँदैन । बैंकको आन्तरिक नीतिअनुसार बढीमा पाँच किस्तासम्म गरेर ऋण दिन्छन् । बैंकले नियुक्त गरेको इन्जिनियरले फिल्डमा गई अनुगमन गरेर निर्माणको प्रगति विवरण बैंकमा पेश गर्छन् । बैंकले निर्माण सन्तोषजनक रूपमा अगाडि बढेको ठहर गरेपछि चार÷पाँच पटक गरेर पूरा पैसा दिन्छ । 

३) जग्गा खरिद कर्जा

यदि तपार्इं आफ्नो नियमित आम्दानीबाट थोरै–थोरै बचत गरेर जग्गा खरिद गर्ने योजनामा हुनुहुन्छ भने जग्गा खरिद गर्नकै लागि पनि वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न सक्छन् । घर बनाउने उद्देश्य राखेर जग्गा खरिद गर्नेका लागि बैंकहरूले धितो मूल्यांकनको ५० देखि ६० प्रतिशतसम्म ऋण प्रवाह गर्छन् । 

यो ऋणको ब्याज पनि अन्य घरकर्जाकै सरह हुनेछ । पाँच वर्षदेखि ३५ वर्ष अवधिको ऋण पाइन्छ । अधिकतम डेढ करोड रुपैयाँसम्म ऋण पाइन्छ । तर, तपाईंले निश्चित समयभित्र घर बनाउने भनेर बैंकलाई आश्वस्त पार्नुपर्छ । ‘यति समयसम्म घर बनाउँछु’ भनेर घोषणा गर्नुपर्छ । बैंकले पनि ‘प्रोडक्ट पेपर गाइडलाइन्स एप्प्रुभ’ गरेर राष्ट्र बैंकमा पठाउनुपर्छ । नत्र, जग्गा किन्दा रियल स्टेट कर्जामा गणना हुन्छ । 

नेपाल राष्ट्र बैंकले पछि घर बनाउनका लागि खरिद गर्न लागेको जग्गामा लिइने ऋणलाई पनि घरकर्जा श्रेणीमा राखेको छ । नेपालका सबै बैंक र वित्तीय संस्थाबाट यो ऋण पाइन्छ । नेपाल राष्ट्र बैंकले घर बनाउने उद्देश्यका लागि किन्न लागेको जग्गामा गरिने लगानीलाई पनि घरकर्जामै राखेको छ । तर, तोकिएको समयमा घर बनाउनुपर्छ ।

४) घर विस्तार एवं मर्मतसम्भार कर्जा 

बैंक र वित्तीय संस्थाहरूले घरको विस्तार, मर्मतसम्भार वा सुधार गर्नका लागि पनि घरकर्जा दिन्छन् । बैंकबाट ऋण लिएर घरको तला थप्न, पुरानो घर मर्मत र साजसज्जा परिवर्तन गर्न पनि सकिन्छ । तपाईंले एक तला मात्र घर बनाउनुभएको थियो र अहिले घरको तला थप्न मन लाग्यो । सम्बन्धित वडाबाट तला थप्ने स्वीकृति र इन्जिनियरले बनाएको इस्टिमेटेड कस्ट सहितको डिजाइन लिएर आउनुभयो भने बैंकले तपाईंलाई घर विस्तार कर्जा दिन्छन् । 

पुरानो घर साजसज्जा वा मर्मत गर्नुपरे पनि घरकर्जा शीर्षकमा ऋण पाइन्छ । यो ऋण लिने प्रक्रिया पनि घर निर्माण कर्जाकै सरह हो । बैंकहरूले इन्जिनियरले तयार पारेको इस्टिमेटेड कस्टमै आधारित भएर ऋण दिने गर्छन् । नेपालका अधिकांश बैंकले यस्तो कर्जा दिन्छन् । यो ऋण पनि धितो मूल्यांकन, अनुमानित खर्च र आम्दानीकै आधारमा प्रवाह गर्छन् । 

५) सम्झौतामा आधारित घरकर्जा (एड्भान्स होमलोन)

अहिले नेपालमा पनि सामूहिक आवासको संस्कृति बढ्दै छ । रियल स्टेट डेभलपरले ठूलठूला अपार्टमेन्ट र कोलोनी निर्माण गरिरहेका छन् । यस्ता अपार्टमेन्ट र कोलोनी बन्दै गर्दा एड्भान्स रकम दिएर बुकिङ गर्नुपर्ने हुन्छ । अपार्टमेन्ट, घर र प्लटिङको जग्गा बुकिङ गर्न कहाँबाट पैसा ल्याउने ? बैंकले कित्ताकाट गरेर व्यक्तिको नाममा लालपुर्जा नबन्दासम्म पोपर्टी धितो बन्धक राख्न सक्दैनन् । धितो बन्धक नराखी ऋण पाइँदैन । तर, डेभलपर ग्यारेन्टी बसिदिएको खण्डमा बैंकबाट एड्भान्स कर्जा लिन सकिन्छ । नेपाली बैंकहरूले पनि त्रिपक्षीय र चारपक्षीय सम्झौतामा घरकर्जा दिइरहेका छन् । 

कुनै अपार्टमेन्ट वा कोलोनी बैंकको बिनालगानी डेभलप भइरहेको अवस्थामा डेभलपर, बायर र बैंक (बायरलाई फाइनान्स गर्ने) बीच त्रिपक्षीय सम्झौता गरेर ऋण लिन सकिन्छ । सम्झौतामा डिटेल (विवरण) लेखिएको हुन्छ । निर्माणको अवधिभर उक्त पोपर्टी डेभलपरकै नाममा हुन्छ । सुरुमै टुक्राउन मिल्दैन । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बेलामा बल्ल कित्ताकाट गरेर नामसारी गरेपछि मात्र बैंकको नाममा धितो बन्धक हुन्छ । त्यो बेलासम्म त्रिपक्षीय सम्झौताले नै काम गर्छ । पोपर्टी नामसारी नहुँदासम्म डेभलपर जिम्मेवार हुन्छ । कस्टमर (ग्राहक)को जिम्मेवारी समयमा साँवा र ब्याजको किस्ता तिर्ने हो । 

चार पक्षीय सम्झौता पनि उस्तै हो । तर, यसमा निर्माणाधीन अपार्टमेन्ट वा कोलोनीमा लगानी गरेको बैंकको पनि सहमति चाहिन्छ । डेभलपर, बायर, प्रोजेक्टमा लगानी गरेको बैंक र रिटेल कस्टमरलाई ऋण दिन लागेको बैंकबीच चारपक्षीय करार सम्झौता गर्नुपर्ने हुन्छ । तर, जुन बैंकले पोपर्टीमा लगानी गरेको छ, ग्राहकले उही बैंकबाटै एड्भान्स ऋण लिन चाहेमा त्रिपक्षीय सम्झौता गरे पुग्छ । त्रिपक्षीय वा चारपक्षीय सम्झौतामै अडिएर बैंकले एड्भान्स ऋण दिन्छन् । यत्तिकै ‘मैले घर, जग्गा वा फ्ल्याट किन्दै छु, एड्भान्स ऋण देऊ’ भनेर पाइँदैन । 

यस्तो सम्झौता गर्दा भोलि डेभलपरले निर्माण सम्पन्न गरेर बायरको नाममा पोपर्टी नामसारी गर्दा स्वतः बैंकको नाममा धितो बन्धक हुनुपर्ने शर्त राखिएको हुन्छ । बैंकको नाममा धितो बन्धक नहुँदासम्म डेभलपर जवाफदेही हुनुपर्छ ।

६) प्रि–अप्रुभ घरकर्जा

नेपालमा एनएमबी बैंकले प्रि–अप्रुभ होमलोन सुरु गरेको छ । यो एकदमै नयाँ घरकर्जा हो । यो ऋणको प्रक्रिया पनि अरू होमलोनसरह नै हुन्छ । यसमा एउटै फरक हुन्छ, तपाईंसँग बैंकमा देखाउन कुनै पोपर्टी हुँदैन । तपाईंले आफ्नो आम्दानीको प्रमाणित कागजात र अरू आवश्यक कागजात पेश गरेपछि बैंकले यतिसम्म घरकर्जा दिन सकिन्छ भनेर ऋण स्वीकृत गरी ‘इन्टिमेसन लेटर’ दिन्छ । सुरुमै धितो देखाउन पर्दैन । ९० दिनभित्र आफुले किन्ने निधो गरेको घर÷फ्ल्याट धितो बन्धक राख्न ल्याए हुन्छ ।

बैंकले इन्टिमेसन लेटरमा घर यति फुटको बाटोमा हुनुपर्छ, घर यस्तो हुनुपर्छ, जग्गाको बजार मूल्य यतिसम्म हुनुपर्छ लगायत विभिन्न मापदण्ड तोकिदिएको हुन्छ । त्यो मापदण्डभित्र पर्ने पोपर्टी पहिचान गरेपछि बैंकले धितो बन्धक राखेर ऋण दिन्छ । तपाईंको आम्दानी हेरेर बैंकले यतिसम्म ऋण दिन सकिन्छ भनेर इन्टिमेसन लेटर दिइसकेपछि तपाईंले ढुक्कसँग आफ्नो क्षमताअनुसारको घर खोज्न जान सक्नुहुन्छ । 

उदाहरणका लागि यदि तपाईंसँग २० लाख रुपैयाँ नगद छ, बैंकले ४० लाख रुपैयाँ ऋण अप्रुभ गरेर इन्टिमेसन लेटर दिएको छ भने तपाईंले ६० लाख रुपैयाँसम्मको घर ढुक्क भएर खोज्न सक्नुहुन्छ । बैंकले इन्टिमेसन लेटर दिँदा भ्यालुएटर पनि तोकिदिएको हुन्छ । यसो गर्दा तपाईंले घर खोज्दा भ्यालुएटरसँग सल्लाह गर्न पाउनुहुन्छ । भ्यालुएटरले ‘यत्तिको घर लिँदा बैंकले धितो राख्न मान्छ, यो लिँदा मान्दैन’ भनेर सुझाव दिन्छ ।

तपाईं ९० दिनभित्र आपूmले खरिद गर्ने घर निश्चित गरेर बैंकमा आउनुहुन्छ । यदि तपाईंले खरिद गर्न लागेको पोपर्टी बैंकले आफ्नो मापदण्डभित्र रहेको निश्चित गरेपछि तपाईंलाई फेरि अर्को ‘लेटर अफ अन्डरटेकिङ’ दिन्छ । त्यो लेटरमा बैंकले ‘फलानो नाममा यति ऋण स्वीकृत भएको छ, यो पोपर्टी उहाँको नाममा नामसारी भएर धितो बन्धक राख्नेबित्तिकै हामी ऋण प्रवाह गर्छौं’ भनेर लेखेको हुन्छ । 

कमर्सियल बैंकले दिएको लेटर अफ अन्डरटेकिङलाई विश्वास नगर्ने भन्ने हुँदैन । यदि पोपर्टी बिक्री गर्न लागेको व्यक्तिलाई विश्वास लागेन भने बैंकमै आएर पनि बुझ्न सक्छ । तपाईंले ल्याएको पोपर्टी बैंकले स्वीकृत गर्नेबित्तिकै मालपोत कार्यालयबाट तपाईंको नाममा नामसारी गरिन्छ र बैंकले तत्काल धितो बन्धक राखेर पहिला स्वीकृत गरेको ऋण दिन्छ । 

‘पहिला पैसा नदिई घरधनीले कसरी तपाईंको नाममा घर नामसारी गरिदिन्छ त ?’ मालपोतमा हस्ताक्षर गर्दा हाकिमले सोध्छन्, ‘तपाईंले पूरै पैसा पाउनुभयो कि भएन, तपाईंले जग्गा हेर्नुभयो कि भएन ?’ त्यो बेलामा घरधनीले ‘पैसा बुझेँ’ भनेपछि मात्र हाकिमले नामसारी गरिदिन्छन् । त्यो बेलामा तपाईंले आपूmसँग भएको नगद र लेटर अफ अन्डरटेकिङ घरधनीलाई दिन सक्नुहुन्छ । घरधनीलाई पहिल्यै लेटर अफ अन्टर टेकिङप्रति पूर्ण विश्वस्त बनाउनुपर्छ । 

तपाईंको नाममा आएपछि बैंकले धितो बन्धक राखेर ऋण दिन्छन् । तपाईंले आफै घरधनीलाई चेक दिन पनि सक्नुहुन्छ वा बैंकले घरधनीको नाममा पैसा ट्रान्सफर गरिदिन पनि सक्छ । यो आपसी समझदारीमा हुने भयो । प्रि–अप्रुभ लोनको फाइदा भनेकै ‘मेरो आम्दानीले बैंकबाट कति ऋण लिन सक्ने रहेछु’ भन्ने पहिल्यै थाहा हुन्छ । आपूmसँग भएको नगद र बैंकले स्वीकृत गरेको ऋण रकमबाट ‘यतिसम्मको किन्न सक्छु’ भन्ने पहिल्यै निश्चित गरेर घर खोज्न जान सकिन्छ । 
 
७) संयुक्त घरकर्जा 

संयुक्त घरकर्जा यस्तो कर्जा हो, जुन एकै समय एकभन्दा बढी व्यक्तिद्वारा सामूहिक रूपमा लिन सकिन्छ । यो ऋण परिवारको कुनै सदस्यसँग मिलेर लिन सकिन्छ, जसमा तपाईंकी पत्नी वा पति, आमाबुुबा र भाइबहिनी सामेल हुन सक्छन् । ऋण लिने व्यक्तिको इच्छा वा उमेरका कारण पनि संयुक्त होमलोन लिइन्छ ।

मुख्यतः संयुक्त आवास कर्जा लिनुका दुई कारण हुन्छन् । पहिलो, एक व्यक्तिको आम्दानीले किस्ता तिर्न नपुग्नु, दोस्रो उमेरका कारण लोन लिने अवधि लामो बनाउन नसक्नु । नेपालका बैंकले आफ्नो आन्तरिक नीतिअनुसार ६० देखि ७० वर्षसम्म अन्तिम किस्ता बुझाउने गरी मात्र ऋण दिन्छन् । तर, संयुक्त होमलोनले यी दुवै समस्याको समाधान दिन सक्छ । 

यदि तपाईंको उमेर ६० वर्ष छ, तपाईंलाई १०/१५ वर्ष अवधिको ऋण चाहियो भने श्रीमती, भाइबहिनी वा छोराछोरीलाई ‘ज्वाइन्ट एप्लिकेन्ट’मा राख्न सक्नुहुन्छ । कम उमेरको व्यक्तिसँग संयुक्त ऋण लिएमा ६५ वा ७० वर्षमै ऋण तिरेर सक्नुपर्छ भन्ने हुँदैन । त्यहाँ अर्को व्यक्तिको उमेरले काम गर्ने हुन्छ । यदि पोपर्टी नै संयुक्त नाममा छ भने त्यस्तो अवस्थामा पनि संयुक्त कर्जा लिन सक्नुहुन्छ ।

यो ऋण लिनका लागि संयुक्त खाता खोल्नुपर्छ । ऋण पनि त्यसै खातामा बुक हुन्छ । संयुक्त खातामा दुवै जनाको पूरै कागजपत्र चाहिन्छ । केवाईसी अपडेटका कुरा, खाता दुवैले चलाउने कि एक्लै यो स्पष्ट हुनुपर्छ । यो ऋणको भुक्तानी दुवैको अकाउन्टबाट हुन्छ । र, ऋण समयमा नबुुझाउँदा वा ढिलो हुँदा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारीसमेत दुवैले लिनुपर्ने हुन्छ । 

संयुक्त होमलोन दिने समयमा बैंकले दुवै व्यक्तिको आम्दानीतर्फ पनि ध्यान दिन्छ । दुवैको आम्दानीले किस्ता बुझाउन पनि सकिन्छ । यो ऋण एक व्यक्तिलाई दिनेभन्दा अलि धेरै हुन्छ । 
 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

C3C597A1DF5B9ED-DownTown-Apartment.jpg

मंसिरमा देशभर ६१ हजार घरजग्गा, ८७ अपार्टमेन्ट किनबेच

90678C9B7553DAC-Home-loan-document.jpg

घरकर्जा लिन जाँदा नभुली लैजानुस् यी कागजपत्र

53A08F79288F30D-NRB.jpg

घरकर्जामा कडाई गर्ने राष्ट्र बैंकको संकेत