काठमाडौं उपत्यकामा लकडाउन खुलेसँगै बढिरहेको ट्राफिक जाम घटाउने १२ उपायहरु

शहरमा बस्ती बढ्दै गएपछि ट्राफिक जाम बढ्नु कुनै नौलो कुरा होइन । धेरै विकसित मुलुकले ट्राफिक जाम भोगिसकेको कुरा हो । ती मुलुकले ट्राफिकको समस्या धेरै हदसम्म समधान गरेका छन् भने हामीले गर्न नसक्ने भन्ने कुरै रहँदैन । हामीले उनीहरुबाटै सिक्ने हो, त्यही कुरा लागू गर्ने हो । 

406F4523C9DE64D-badge.png
451views
C16AA41AD7160DC-Kathmandu.jpg

लकडाउनको अवधिमा सुनसान बनेको काठमाडौं उपत्यकाको सडकमा अहिले ट्राफिक बढिसकेको छ । अहिले बिहान र साँझको अफिसमा समयमा सवारी साधनको चर्को जाम हुन थालिकसकेको छ । 

अझ पूर्ण रुपमा सार्वजनिक यातायात र स्कुल तथा कलेजका गाडी चल्न थालेपछि ट्राफिक जाम कहालीलाग्दो हुने निश्चित छ ।

कोभीड–१९ को जोखिमबीच सडमा उभिएर ट्राफिकलाई गाडी व्यवस्थापन गर्न भ्याई नभ्याई देखिन्छ । काठमाडौं उपत्यकामा सवारी साधन धेरै भएर भन्दा पनि ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बढी जाम भइरहेको छ । 

शहरमा बस्ती बढ्दै गएपछि ट्राफिक जाम बढ्नु कुनै नौलो कुरा होइन । धेरै विकसित मुलुकले ट्राफिक जाम भोगिसकेको कुरा हो । ती मुलुकले ट्राफिकको समस्या धेरै हदसम्म समधान गरेका छन् भने हामीले गर्न नसक्ने भन्ने कुरै रहँदैन । हामीले उनीहरुबाटै सिक्ने हो, त्यही कुरा लागू गर्ने हो । 

सरकारको नेतृत्वमा पुग्नेको इच्छाशक्ति भएमा काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न सकिने बताउँछन् किया गाडी बिक्रेता सुहृद घिमिरे । ‘मलाई काठमाडौंको ट्राफिक समस्या हल गर्नुछ भनेर सरकारले पहिला माइन्डसेट त गर्नुपर्यो नी’ उनी थप्छन्, ‘यो काम सम्भव छ कि छैन भनेर अल्मलिनु भन्दा मलाई गर्नु छ भनेर अगाडि बढेमा त्यसका पोजेटिभ उपायहरु हजार भेटिन्छन् ।’

युरोपका कतिपय शहरमा काठमाडौंमा भन्दा साँघुरो बाटो र गल्लीहरु छन् । जापानमा पनि साँघुरो बाटो छ । तर उनीहरुले जबरजस्ती अर्काको घर भत्काएर होइन कि दिमाग लगाएर ट्राफिक व्यवस्थापन गरिरहेको सहरी विज्ञहरु बताउँछन् । 

मारुती सुजुकी गाडी बिक्रेता कम्पनी सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी भन्छन्, ‘शहरको भित्री क्षेत्रमा बढिरहेको क्राउडलाई विस्तारै बाहिर फैलाउन सकेमा धेरै हदसम्म ट्राफिक व्यवस्थापन गर्न सकिन्छ ।’ 

बाहिरी रिङरोड बनाउने, भित्री रिङरोड र बाहिरी रिङरोड जोड्न ठाउँ ठाउँमा फराकिला लिंक रोडहरु बनाउने, स्कुल, कलेज, हस्पिटल, भिडभाड हुने सरकारी अफिसहरु रिङरोड बाहिर राख्ने लगायत कामहरु गरेपनि कोर सिटी बढेको क्राउड घटाउन सकिने चौधरीको तर्क छ ।

काठमाडौं उपत्यकामा बढ्दै गइरहेको ट्राफिक जाम घटाउन कसरी काम गर्नुपर्छ ? सहरी विकास इञ्जिनियर, गाडी बिक्रेता, ट्राफिक प्रहरी लगायतले दिएका सुझावहरु यसप्रकार छन्ः

१) विश्वभर पब्लिक गाडीले मान्छे चढाउने र झार्ने निश्चित ठाउँ हुन्छ । त्यसलाई बसस्टप भनिन्छ । हाम्रोमा मुख्य सडकमै यात्रुले जहाँ हात उठायो त्यहीँ बस रोक्ने चलन छ । दुई लेनको सडकमा बस रोकिँदा जाम भइहाल्छ । यात्रु ओराल्न र चढाउन सडकको छेउमा जमिन किनेरै भएपनि अलिभित्र खिचेर बसस्टप बनाए कम्तिमा २० प्रतिशत ट्राफिक जाम तुरुन्तै हट्छ । ट्याक्सी पनि त्यही ठाउँमा रोकिन्छन् । यो गर्दा पनि सडकको बिचमै गाडी रोकेमा कडा कारबाही गर्नुपर्छ ।

२) ट्राफिक घटाउन सबैभन्दा पहिला सार्वजनिक यातायातलाई चुस्त बनाउनु पर्छ । हरेक मुलुकमा सार्वजनिक यातायातको सुविधा राम्रो छ । काठमाडौंमा पनि सार्वजनिक यातायातमा सुधार हुँदैछ । अहिले सरकारले अलिकति सोँच्न थालेको देखिन्छ । हुन त दुई÷तीन बसले समस्या भइहाल्ने होइन तर थालनी त भयो नी । साझा यातायातले मात्र पुग्दैन, अरु कम्पनीलाई पनि स्तरीय नगरबस सञ्चालनका लागि प्रेरित गर्नुपर्छ । साना माइक्रो सञ्चालनमा निरुत्साहित गर्नुपर्छ । 

विहान रिङरोड बाहिरका मान्छे काम गर्न कोरसिटीमा आउँछन् । साँझ शहरबाट बाहिर निस्किन्छन् । पब्लिक बस चलाउन पनि डेडिकेटेड लेन छुट्यादिनु पर्छ । त्यो लेनमा अरु गाडी छिर्न दिन हुँदैन । 

यो नियम विकसित मुलुकका शहरमा लागू भइसकेको छ । पब्लिक बसलाई सुधार गरेर छुट्टै लेन दिने वित्तिकै धेरै मान्छे नीजि गाडी छोडेर सार्वजनिक बस चढ्न सुरु गर्छन । 

यदि राम्रो इलेक्ट्रिक बस छ, समयमै ठाउँमा पु¥याउँछ भने मान्छे भिडभाड छिचोल्दै निजी गाडी चढ्न खोज्दैन । त्यसो हुने वित्तिकै सडकमा गाडी कम निस्कन्छन् । विश्वभर मान्छेले शनिबार र आइतबार वा अरु विदाको दिन घुमफिर गर्नका लागि मात्र निजी गाडी निकाल्छन् । अफिस जान पब्लिक यातायात चढ्छन् । 

नेपालमा पनि ‘डेडिकेटेड इम्प्रुभ्ड मासट्रान्स्पोर्ट सिस्टम’को व्यवस्था हुने वित्तिकै अर्को २० प्रतिशत जाम घटिहाल्छ ।

३) नेपालमा सडक अनुशासन पटक्कै छैन । पैदल यात्रीले पनि बाटो काट्दा अनुशासन पालना गर्दैनन् । ट्राफिक पुलिसको एक्लो प्रयासले पुगेको छैन । पैदल यात्रीलाई जेब्रा क्रसिङबाट मात्र बाटो काट्न लगाउने, ड्राइभरलाई लेन अनुसासनमा रहेर गाडी चलाउन प्रेरित गर्ने, अटेर गर्नेलाई अत्यधिक फाइन गरेर राजश्व बढाउने, त्यो राजश्व ट्राफिक म्यानेजमेन्टमा लगाउने गर्नुपर्छ । सवारी चालक र पैदल यात्रीले लेन अनुशासन पालना गरेमात्र पनि केही हदसम्म ट्राफिक जाम घटाउन सकिन्छ ।   

४) करीव दुई दशकअघि थाईल्यान्डको बैंककमा ट्राफिक समस्या बिकराल बनेको थियो । बाटो हिँड्न नसक्ने स्थिती भयो । बिहान र साँझ अफिस समयमा स्कुलका बसहरु अत्याधिक गुडिरहेका हुन्छन् । हरेक घरमा दुईवटा बच्चा हुन्छन्, ती बच्चा लिन स्कुल बस घरघर पुगेका हुन्छन् । 

ट्राफिक प्रहरीका अनुसार यो समयमा झण्डै २० प्रतिशत स्कुल बस कुदेका हुन्छन् । बैंकक सरकारले स्कुल सञ्चालन गर्ने समय नै फेरबदल गरियो । सरकारले विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म स्कुल चलाउने भन्दियो । यो समयमा ट्राफिक त्यति हुँदैन । यहाँ पनि त्यो व्यवस्था गर्दिए अफिस जाने र फर्किने समयमा हुने ट्राफिक १५/२० प्रतिशत घट्छ ।

५) झन्डी तीन दशकपहिले कोरियाको सडकमा सामान्य किसिमका काठको आकाशे पुलहरु बनाइएको थियो । एकैचोटी महंगा पुल बनाउनु पर्छ भन्ने होइन, काठमाडौं उपत्यकाका सडकमाथि सामान्य आकाशे पुल बनाउन सकिन्छ । 

नेपालमा एकैचोटी महंगो प्लान बुनिन्छ । र, अन्त्यमा बन्दै बन्दैनन् । सामान्य आकाशे पुल ठाउँ ठाउँमा बनाउन सकेमात्र पनि पैदल यात्रीले सडक पार गर्दा हुने ट्राफिक घट्छ । सामान्य आकाशे पुल बनाउन पनि समय धेरै लाग्दैन, खर्च पनि धेरै हुँदैन । मान्छेलाई आकाशे पुल प्रयोग गर्न अवायरनेश गर्नुपर्छ ।

६) खोलाका किनारमा निर्माण भइरहेका कोरिडोर तत्काल सम्पन्न गर्नुपर्छ । यसले पनि मुख्य सडकको ट्राफिक घटाउन धेरै हदसम्म सहयोग गर्छ । तर सरकारले जमिन थुप्रै हुँदा हुँदै पनि सानो सडक बनाइरहेको छ । जम्मा दुई लेनको सडक बनाइएको छ । सडक अलि चौडा बनाएको भए दीर्घकालसम्म काम लाग्थ्यो । 

७) सडकमा भएका खाल्डा खुल्डी चाँडै मर्मत गरेर गाडी चुस्त गुड्ने बनाउनु पर्छ । भत्काइएका सडक पनि छिट्टै निर्माण सम्पन्न गर्नुपर्छ । अहिले कतिपय ठाउँमा सडक, ढल, खानेपानी, पोल लगायत निर्माणकै कारण सडकमा जाम भइरहेको देखिन्छ । जोरपाटी र बौद्धको बाटोको हबिगत बिजोग छ । सरकारले सडक भत्काउँदै छोड्दै गरेको छ ।

८) अहिले रिङरोडमा सबैभन्दा धेरै गाडी गुडिरहेका छन् । रिङरोडको ग्रिन बेल्टको छेउमा दुईतिर कुद्ने गरी विद्युतीय रेल कुदाउन सकेमा काठमाडौंमा ३० प्रतिशत गाडी स्वात्तै हट्छन् । यसो हुँदा प्रदुषण पनि हट्छ, इन्धन खपत पनि कम हुन्छ, ट्राफिक पनि कम हुन्छ । यो गर्न धेरै समस्या छैन । 

नेपालमा खर्बौं खर्बको डिजेल पेट्रोल आयात गर्न सकिने, रिङरोडमा रेल कुदाउन नसकिने हुन्छ र ? बाहिरी रिङरोड बनाउँदा डीपीआरमै इलेक्ट्रिक ट्रेनको व्यवस्था गर्न सकिन्छ ।

९) मलेसियामा बाटोको माथि जम्मा एउटा पोलको भरमा मोनोरोल कुदेको देख्न सकिन्छ । काठमाडौंका धेरै ठाउँमा मोनोरेल कुदाउन सकिन्छ । यो सम्भव पनि छ । यहाँ मोनोरोलको सम्भवना छ । 

१०) कलंकीमा झैं अन्डर पास धेरै ठाउँमा बनाउन सकिन्छ । सरकारले चाहेमा धेरै ठाउँमा एक वर्षमै अन्डर पास बनाउन सक्छ । धेरै ट्राफिक हुने ठाउँहरु बल्खु, कोटेश्वर, चावाहिल, त्रिपुरेश्वर, कालिमाटी, माइतीघर, महाराजगञ्ज लगायत ठाउँहरुमा अन्डर पास बनाउन सकिन्छ । अहिले कलंकीमा ट्राफिक समस्या धेरै हल भएको छ । यो बनाउन सकिने ठाउँ हो ।

११) सरकारले बाहिरी चक्रपथ बनाउने भनेको छ । यो काम छिटोभन्दा छिटो सिध्याउन सके पनि ट्राफिक कम भइहाल्छ । अहिले काठमाडौंबाट भक्तपुर जाने गाडी पनि रिङरोड नआई धरै छैन । जब बाहिरी चक्रपथ बन्नेछ काठमाडौंको एउटा कुनाबाट भक्तपुरमा बाहिरी चक्रपथबाटै जान सकिन्छ । 

बाहिरी चक्रपथ र भित्री चक्रपथ जोड्न ठाउँ ठाउँमा फराकिला लिंक रोड बनाउन सकिन्छ । उपत्यकाका धेरै ठाउँमा कोटेश्वर–सल्लाघारीको जत्रै ६ लेनको सडक विस्तार गर्न सकिन्छ । शहर बाहिर पनि फराकिला सडक बनेमा कोर सिटीमा केन्द्रीत मान्छे बाहिर आकर्षित हुन सक्छन् ।

१२) स्कुल, कलेज, धेरै भिडभाड हुने सरकारी अफिस, हस्पिटल लगायत रिङरोडबाहिर सारेमा भित्री शहरमा भिड घट्ने पक्का छ । शहरका कुनाकाप्चामा आधुनिक सेवा सुविधाहरु विस्तार गरेर व्यवस्थित बस्ती बसाल्न सकेको खण्डमा पनि भित्री शहरमा खाँदिएर बसेको मान्छे बाहिर निस्कन थाल्छ । मान्छे भित्री शहरमा नगई पनि आफ्नो काम गर्न सक्छन् ।

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

4C0369E03DAF18A-1599309552ktm.jpg

काठमाण्डौका २० भीआईपी एरियाः जहाँ बस्नु ‘स्टाटास सिम्बोल’ मानिन्छ !

DB251D2C7A0FDAE-Home-Loan-photo.jpg

बैंकबाट कुन कुन शीर्षकमा पाइन्छ घरकर्जा ?

515E72EE1433345-KTM-Mahanagarpalika.jpg

काठमाडौं महानगरको कर घरमै बसेर तिर्न सकिने, सुरु भयो अनलाइन भुक्तानी प्रणाली