काठमाडौंमा घडेरीमा लगानी– यी हुन् राम्रो नाफा दिने मुख्य क्षेत्रहरु

अहिले घडेरी किनेर एक डेढ बर्ष होल्ड गर्न सक्ने सार्मथ्य छ भने यस्तो लगानी तपाइका लागि ज्यादा फलदायी हुन सक्छ । किनकी यतिबेला बैंकहरुले प्रवाह गर्ने ऋणको ब्याजदर पनि कम छ ।   

406F4523C9DE64D-badge.png
455views
5FACCA1D3503880-Duwakot.jpg

यदि तपाइ घरजग्गामा प्रतिफलको आश गरेर लगानी गरिरहनुभएको छ भने तपाइको पहिलो प्रश्न हुन्छ–कहाँ छ सबैभन्दा धेरै प्रतिफल ? 

नेपालको रियलस्टेट सेक्टरमा यसको एक टुक जवाफ त छैन तर अधिकांश लगानीकर्ताको सुझाव हुन्छ– टुक्रा जग्गा अर्थात् घडेरीमा लगानी । 

आम मध्यमवर्गीय उपभोक्ताको सवैभन्दा धेरै माग टुक्रा घडेरी नै हुने गर्छ । किनकी हाम्रो समाजले शहरमा चार आनामा घर बनाउनुलाई मध्यमवर्गीय परिवारको सम्बृद्धिको सूचक मान्छ ।

दुई चार पैसा बचत गरेर शहरमा चार आना घडेरी किन्नु र घर बनाउनका लागि थप बचतको गृहकार्य गर्नु आम नेपालीको नियति नै हो । घर वा अपार्टमेन्टभन्दा ज्यादा माग टुक्रा जग्गाकै हुनुको कारण नै घडेरीमा गरिने लगानीमा ज्यादा प्रतिफल हुन्छ । 

तर, जहाँ जस्तो घडेरीमा लगानी गरेपनि उच्च प्रतिफल पाइन्छ भन्ने हुँदैन् । कुनै कुनै स्थानमा घडेरीको मूल्यको बृद्धिदर निकै सुस्त हुन्छ । कहिलेकाहीँ यस्ता जग्गामा घाटा खाने सम्भावना पनि हुन्छ । 

त्यसैले हामीले यहाँहरुलाई काठमाण्डौंका यस्ता ठाउँहरुको जानकारी दिँदै छौं जहाँ टुक्रा घडेरीको मूल्य तुलनात्मकरुपमा सस्तो छ, पूर्वाधार विकाश हुने क्रममा छन् । र, केही बर्षमा यी ठाउँको मूल्य बढने निश्चित ।

काठमाण्डौमा घरजग्गाको कारोबार गरिरहेका करिव दुई दर्जन संस्थागत एजेन्सीहरुसँगको कुराकानीका आधारमा हामीले यस्ता हटस्पट लोकेशनको बिबरण तयार पारेका छौं । अहिले घडेरी किनेर एक डेढ बर्ष होल्ड गर्न सक्ने सार्मथ्य छ भने यस्तो लगानी तपाइका लागि ज्यादा फलदायी हुन सक्छ । किनकी यतिबेला बैंकहरुले प्रवाह गर्ने ऋणको ब्याजदर पनि कम छ ।   

१) दहचोक, चन्द्रागिरी

चन्द्रागिरी नगरपालिकाको दहचोकमा अहिले धमाधम सुरुङमार्ग बनाउने काम भइरहेको छ । अबको केही वर्षभित्र काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका पृथ्वी राजमार्गको धार्केदेखि दहचोकसम्म सुरुङबाट यात्रा गर्न सकिने छ ।

सुरुङमार्ग निर्माण सुरु गरेपछि दहचोकमा जग्गाको कारोबार पनि उछालिएको छ । अझै पनि दहचोकको भित्रपट्टी आनाको १२ लाखदेखि २० लाख रुपैयाँसम्म टुक्रा जग्गा खरिद गर्न सकिन्छ । दिन दुईगुना रात चौगुनाका दरले बढिरहेको जग्गाको भाउ सुरुङमार्ग निर्माण सम्पन्न हुँदा चुलिमा पुगिसक्ने बुद्धम रियलस्टेटका सञ्चालक रमेश खनाल बताउँछन् ।

मुख्य सडकको छेउछाउमा २० देखि २२ लाखसम्ममा जग्गा किनबेच भइरहेको छ । माथि पाखोतिर लाग्यो भने अझै पनि ९ देखि १५ लाखसम्मका जग्गा भेट्याउन सकिन्छ । सुरुङमार्ग बनेपछि पाखोका जग्गाको मूल्य पनि बढने हुँदा किनेर होल्ड गर्न उपयुक्त रहेको खनाल बताउँछन् । 

२) गोदामचौर, चन्द्रागिरी

चन्द्रागिरी डाँडामा केवलकार बनेपछि थानकोटको गोदामचौर र आसपासको क्षेत्रमा चहल पहल बढेको छ । यो परियोजनाले रियलस्टेटको कारोबार पनि गरमागरम बनेको छ । यहाँ जग्गाको मूल्य बढिसकेको छ तैपनि अझै केवलकारको बेस स्टेसन आसपासमा १३ देखि २० फिटको पिच बाटोमै आनाको १३ देखि १८ लाखसम्म जग्गा किन्न पाइने बुद्धम रियलस्टेटका सञ्चालक खनाल बताउँछन् । 

यो ठाउँमा व्यवसायिक क्रियाकलापदेखि वस्ती विकास हुँदै गइरहेको छ । उपत्यकाको घुम्न जाने प्रमुख गन्तव्यहरुमा चन्द्रागिरी पहिलो नम्बरमा पर्छ । यसैले पनि यहाँको जग्गाको मूल्य अझै आकासिने स्थानीय बताउँछन् । खनाल भन्छन्, ‘यो क्षेत्रमा जग्गामा लगानी गर्दा भोली राम्रो नाफा लिएर बिक्री गर्न सकिन्छ, अथवा आफुले केही बिजनेश व्यवसाय गर्ने सम्भवना पनि रहन सक्छ ।’

३) मातातिर्थ, चन्द्रागिरी

मातातिर्थ र आसपासको क्षेत्रमा अझै पनि सस्तो जग्गा भेट्याउन सकिन्छ । काठमाडौं उपत्यका छर्लङ्ग देखिने यो ठाउँमा ७ देखि १२ लाखसम्मका मिलेका टुक्रा जग्गा पाउन सकिने स्थानीय बताउँछन् । पानीको राम्रो प्रबन्ध भएको यस ठाउँमा टुक्रा जग्गामा लगानी गर्दा पछि पछुताउनु नपर्ने उनीहरु बताउँछन् । यो ठाउँमा पछिल्लो समय वस्ती विकास तिब्र गतिमा भइरहेको छ ।

४) किर्तिपुर

वस्ती तिब्र रुपमा बढेका ठाउँहरुमध्ये किर्तिपुर पनि एक हो । यो ठाउँमा बस्ती बढ्न थालेपछि जग्गाको मूल्य पछि उछालिइरहेको छ । किर्तिपुरको जंगलसँग सटेको ठाउँमा अझै पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाउन सकिन्छ । दक्षिणकालीमा पनि ६ देखि १२ लाखसम्म मिलेका जग्गा किन्न सकिन्छ । टुक्रा जग्गामा लगानी गरेर प्रतिफल लिनका लागि किर्तिपुर र दक्षिणकाली क्षेत्र उपयुक्त हुन सक्छन् । 

५) साङ्ला  र काभ्रेस्थली, ताराकेश्वर

तारकेश्वर नगरपालिकाको उत्तरी भेगमा पर्ने साङ्ला र माथिल्लो काभ्रेस्थलीमा जग्गामा लगानी गर्न उपयुक्त रहेको स्थानीय जग्गा व्यवसायी पुष्कर कार्की बताउँछन् । सेसमतिबाट लामाबगर, जरङ्खु हुँदै शान्तिधाम जाने बाटो ढलान भइरहेको छ । यो ठाउँमा १३ फिटको बाटोमा १३÷१४ लाखमै टुक्रा जग्गा भेट्याउन सकिन्छ । 

यो पनि पढ्नुहोस :

नाफा कमाउने कि घर बसाउने ? यसरी छान्नुहोस् उपयुक्त घरजग्गा !

माथिल्लो काभ्रेस्थलीको माथिल्लो भेगतिर अझै आनाको ८÷९ लाख चलिरहेको छ । त्यहाँ पनि जग्गाको माग अत्यन्तै बढिरहेको स्थानीय बताउँछन् । त्यहाँ पानीको पनि राम्रो सुविधा भएकोले आवासीय प्रयोजनका लागि जग्गा खोज्नेहरुको प्राथमिकतामा पर्छ । 

६) जहरसिंह पौवा, शंखरापुर

टुक्रा जग्गामा लगानी गरेर प्रतिफल प्राप्त गर्नका लागि जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङलेभारे लगायत ठाउँ उपयुक्त हुन सक्छन् । यो ठाउँमा अझै पनि भित्रपट्टी आनाको १० लाखभन्दा कम मूल्यका जग्गा पाइन्छन् । 

७) टोखा, झोर

पछिल्लो समय सर्वाधिक आवास बढिरहेको टोखा क्षेत्र पनि हो । यो ठाउँमा सुरुङमार्ग र चीनबाट आउने रेलको स्टेसन बन्ने भनिएका कारण जग्गाको कारोबार पनि उछालिएको छ । यो  ठाउँमा १० लाखदेखि २५  लाखसम्मका टुक्रा जग्गा भेट्याउन सक्छ । बुढानिलकण्ठ क्षेत्रको बसोबास विस्तारै टोखातिर सर्दै आइरहेको र ठूला विकासे परियोजना पनि बन्न लागेको हुनाले यो क्षेत्र टुक्रा जग्गामा लगानीका लागि उपयुक्त हुन सक्छ । पछि यो क्षेत्र बुढानिलकण्ठजस्तै भिआईपी बसोबास गर्ने केन्द्र बन्ने सम्भवना पनि छ ।

८) बुढानिलकण्ठ

तुलनात्मक रुपमा बुढानिलकण्ठ महंगो छ । तर, यहाँ भीआईपी बर्गको बसोबास गर्ने केन्द्र हो । यहाँ टुक्रा जग्गा लिएर राख्न सकेमा पछि महंगो मूल्यमा बिक्री गर्न सकिने सम्भावना हुन्छ । यो ठाउँमा नजिकै शिवपुरी  राष्ट्रिय निकुञ्ज, बुढानिलकण्ठ मन्दिर, बुढानिलकण्ठ स्कुल लगायत आकर्षण रहेका छन् । रियलस्टेट एजेन्सीहरुका अनुसार मुलुकका हाईप्रोफाइलको रोजाईमा पर्ने यो क्षेत्रमा ८ आनादेखि १ रोपनीसम्मका टुक्रा जग्गामा लगानी गर्न सक्दा राम्रो प्रतिफल पाउन सकिन्छ । 

९) जितपुर, सुडाल आसपास

पछिल्लो समय भक्तपुरबाट नगरकोट जानका लागि नयाँ बाटो खुलेको छ । कमलबिनायकबाट नयाँ बाटो हुँदै नगरकोतर्फ लाग्ने सडकको दायाँबायाँ जग्गाको कारोबार उछालिएको छ । अझै पनि ठूलो जग्गा उठाउँदा पिच सडकमै आनाको १५ लाख रुपैयाँमा किन्न पाइन्छ । नगरकोट जाने मुख्य सडक भएको हुँदा भोलि ब्यापारिक प्रयोजन वा आवासीय प्रयोजनका लागि यो क्षेत्र उपभोक्ताको रोजाईमा पर्न सक्छ । खासगरी भक्तपुर र काभ्रेका पूर्वी जिल्लाहरुका बासिन्दाहरुका लागि भक्तपुर क्षेत्रको बसाई पहिलो रोजाईमा पर्ने गरेको छ । 

जीतपुर हनुमानचोक आसपासको भित्री बाटोमा टुक्रा जग्गाहरु आनाको १२ देखि १४ लाख रुपैयाँसम्ममा पाइन्छन् । नगरकोट जाने–आउने बढेको हुनाले कमर्शियल रियलस्टेटको आकर्षण बढेको र तिब्र गतिमा वस्ती पनि विकास भइरहेको हुनाले अहिले लगानी गर्दा भोली प्रतिफल पाउन सकिने स्थानीय जग्गा व्यवसायी श्रीराम भण्डारी बताउँछन् ।

१०) नयाँपाटी, सुन्दरीजल जाने बाटो

यो ठाउँमा १३ देखि १६ फिटसम्मको सडकमा प्रतिआना १८ देखि २० लाखसम्मका टुक्रा जग्गा किन्न सकिन्छ । अलिकति भित्री बाटोतिर लाग्दा आनाको १४/१५ लाखमै पनि जग्गा किन्न पाइन्छ । गोकर्णेश्वर नगरपालिकामा पर्ने यो ठाउँमा पानीको राम्रो सुविधा छ । बसोबास गर्नका लागि हावा पानी पनि राम्रो छ । यातायातको सुविधा राम्रो छ । सरकारले बनाउने स्मार्ट सिटीमा पनि यो क्षेत्र पर्ने हुनाले जग्गा किनबेच ह्वात्तै बढेको छ । यो ठाउँमा लगानी गर्दा एक दुई बर्षमै उच्च प्रतिफलमा घडेरी बेच्न सकिन्छ ।

११) बडीखेल, गोदावरी

यो ठाउँमा तुलनात्मकरुपमा जग्गा सस्तो पाउने हुनाले लगानीकर्ता केन्द्रीत छन् । यहाँ १६ देखि २० फुटे बाटोमा १८ देखि २० लाख रुपैयाँसम्मका टुक्रा जग्गा किन्न पाइन्छन् । बडीखेलको तल्लो भागमा आनाको १८÷२० लाखमा र माथिल्लो बडिखेलतिर ७ लाखदेखि जग्गाको मूल्य सुरु हुन्छ । 

वरिपरि बस्ती बसिसकेको हुनाले जग्गाको कारोबार उच्च रहेको जग्गाजमिन प्रालिका सञ्चालक सुवास पाठकले बताए । हरियाली ठाउँ, हिमाल देखिने, शान्त र रमणिय भएको हुनाले गोदावरी क्षेत्र बसोबासका लागि उत्कृष्त ठाउँ मानिन्छ । यदि तपाइसँग दुई तीन बर्ष होल्ड गर्ने सामथ्र्य छ भने यो क्षेत्रमा गरिने लगानीमा राम्रो प्रतिफल पाउन सकिन्छ । 

१२) डोलेश्वर, भक्तपुर

भक्तपुरमा तुलनात्मकरुपमा कम बस्ती बसेको ठाउँ हो– सूर्यबिनायक डोलेश्वर क्षेत्र । डोलेश्वर महादेवको मन्दिरमा बिगत ५–७ बर्षयता धेरै तीर्थयात्रीको चाप बढन थालेको र जंगलको नजिक खुला स्थानमा ठूला प्लटहरु पाइने भएका कारण यहाँ जग्गाको कारोबार उछालिएको हो । अहिले यो ठाउँमा १० लाखभन्दा कम मूल्यका जग्गा भेट्याउन सकिन्छ । 

१३) साँगा, भक्तपुर

भक्तपुर र काभ्रेको सिमाना साँगातिर भित्रपट्टी गयो भने ८ देखि २० लाखसम्मका जग्गा भेटिन्छन् । यो ठाउँ पनि टुक्रा जग्गामा लगानी गर्नका लागि राम्रो सम्भवना भएको ठाउँ हो । काटेश्वर–सूर्य बिनायक ८ लेनको सडक बनेका कारण साँगा क्षेत्रमै बसेर पनि काठमाण्डौमा दैनिक आउजाउ गर्न कठिनाई हुँदैन । यही कारण पछिल्ला बर्षहरुमा सस्तो मूल्यका जग्गा खोज्ने उपभोक्ताहरु साँगा क्षेत्रतिर जान थालेका छन् । 

१४) चापागाउँ, ललितपुर

चापागाउँ बसपार्कबाट १ किलोमिटर दुरीमा रहेको मुलडोल, लेले आसपासको ठाउँमा पनि घडेरीमा गरिने लगानीको उच्च प्रतिफल आउने बालकुमार लेखापढीका बिकी महर्जन बताउँछन् । पछिल्लो समय वस्ती विकास भइरहेको र टुक्रा जग्गा खोज्नेहरुको प्राथमिकतामा पर्न थालेपछि यस क्षेत्रमा पनि जग्गाको मूल्य उछालिन थालेको छ । यो ठाउँमा ८ देखि १५ लाखसम्मका मिलेका टुक्रा जग्गा किन्न सकिन्छ । पछिल्ला दुई तीन बर्षमा यहाँको जग्गाको भाउ झण्डै २५–३० प्रतिशतले बढेको छ । जुन बृद्धिदर आगामी दुई तीन बर्षमा पनि देखिने छ । 

१५) खोकना र द्रूतमार्गको रेखा आसपास 

काठमाडौं र तराईलाई जोड्ने द्रुतमार्गको आसपास पनि जग्गाको भाउ उछालिएको छ । काठमाण्डौको खोकना लगायतका क्षेत्रमा द्रूतमार्ग बन्ने तय भएको छ । यो ठाउँमा सडक निर्माण भई सञ्चालनमा आउँदा जग्गाको भाउ चुलिमा पुगिसकेको हुनेछ । अहिले आनाको १० देखि २० लाखसम्म जग्गा किन्न पाइने हुनाले टुक्रा जग्गा किनेर राख्दा फाइदाजनक रहेको रियलस्टेट एजेन्सीहरुको दावी छ । 

१६) दुवाकोट भक्तपुर 

बाहिरी चक्रपथको हल्ला र बीर अस्पताल वन्ने चर्चासँगै भक्तपुर दुवाकोटमा जग्गाको मूल्य उच्च गतिमा बढिरहेकोछ । तीन बर्ष अगाडीसम्म आनाको १० लाख रुपैयाँसम्ममा जग्गा पाइने यो स्थानमा अहिले आनाकै २० लाख पुगिसकेको छ । बीर अस्पताल, गिरिजाप्रसाद स्मृति पार्क र बाहिरी चक्रपथ निर्माण हुने भएपछि यहाँ जग्गाको मूल्य दिनप्रतिदिन उकासिँदै गइरहेको स्थानीयबासी बताउँछन् । यो क्षेत्रमा १५ देखि २० लाख रुपैयाँ प्रतिआना पर्ने घडेरीमा लगानी गर्दा आगामी दुई तीन बर्ष होल्ड गर्न सक्ने राम्रो प्रतिफल पाउन सकिन्छ ।

यो पनि पढ्नुहोस:

घरजग्गामा लगानी गरेर उच्च प्रतिफल कसरी प्राप्त गर्ने ?

 

 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

C3C597A1DF5B9ED-DownTown-Apartment.jpg

मंसिरमा देशभर ६१ हजार घरजग्गा, ८७ अपार्टमेन्ट किनबेच

0F30D56BB70BCCE-agent tips image.jpg

नेपालमा सफल घरजग्गा एजेन्ट बन्ने ५ सूत्र

0806C2FDBF12C2C-Lalitpur.jpg

नाफा कमाउने कि घर बसाउने ? यसरी छान्नुहोस् उपयुक्त घरजग्गा !