होमलोन लिँदा बैंकले कुन–कुन शुल्क लिन्छन् ?

तपाईंलाई थाहा नहुन पनि सक्छ, तपाईंले बैंकबाट ऋण लिँदा ब्याज बाहेक अतिरिक्त शुल्क पनि बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको प्रकृया चलिरहँदै विभिन्न शिर्षकमा शुल्क लिने गर्छन् । हामी तपाईंलाई बैंकमा ऋण लिन जाँदा कुन–कुन शिर्षकमा अतिरिक्त शुल्क तिर्नुपर्छ भनेर जानकारी गराउँदैछौं ।

406F4523C9DE64D-badge.png
445views
6ADC582C08379E3-Home Loan.jpg

तपाईंलाई थाहा नहुन पनि सक्छ, तपाईंले बैंकबाट ऋण लिँदा ब्याज बाहेक अतिरिक्त शुल्क पनि बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको प्रकृया चलिरहँदै विभिन्न शिर्षकमा शुल्क लिने गर्छन् ।
हामी तपाईंलाई बैंकमा ऋण लिन जाँदा कुन–कुन शिर्षकमा अतिरिक्त शुल्क तिर्नुपर्छ भनेर जानकारी गराउँदैछौं ।

सेवा शुल्क

तपाईंले बैंकबाट घरकर्जा लिँदा सेवा शुल्क तिर्नुपर्छ । बैंक तथा वित्तीय संस्था हेरिकन सेवा शुल्क फरक फरक रहेको हुन्छ । तर, बैंकहरुले राष्ट्र बैंकले तोकेको भन्दा बढी सेवा शुल्क लिन पाउँदैनन् । बाणिज्य बैंकहरुले बढीमा ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछन् । यस्तै, विकास बैंकले १ प्रतिशतसम्म, फाइनान्स कम्पनीले १.२५ प्रतिशतसम्म र लघुवित्त वित्तीय संस्थाले १.५० प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था छ । नेपालमा लघुवित्त कम्पनीले घरजग्गामा लगानी गर्न पाउँदैनन् । 

बैंकहरुले सिमाभित्र रहेर आ–आफ्नै ढंगले सेवा शुल्क लिँदै आइरहेका छन् । कतिपय बैंकले ०.२५ प्रतिशत सेवा शुल्कमा पनि ऋण अफर गरिरहेका हुन्छन् । तपाईंले बार्गेनिङ गर्न सकेको खण्डमा सेवा शुल्क अलिकति घटाउन पनि सक्नुहुन्छ ।

सूचना शुल्क

बैंकमा ऋण लिन जाँदा सुरुमै कर्जा सूचना वापतको शुल्क तिर्नुपर्ने हुन्छ । कर्जा सूचना केन्द्रले जति शुल्क लिन्छन् बैंकले ग्राहकसँग त्यति नै शुल्क उठाइदिने हुन् । तपाईंको कर्जाको इतिहास अनुसार यो शुल्क फरक हुन्छ । यदि तपाईंले अरु बैंकहरुबाट पनि ऋण लिनुभएको छ भने अलि लामो कर्जा सूचना आउँछ । जति धेरै सुचना थपियो त्यति बढी शुल्क तिर्नुपर्ने बैंकर बताउँछन् । सामान्यतया कर्जा सूचना केन्द्रलाई ५ सय रुपैयाँ शूल्क बुझाउनुपर्छ ।

धितो मूल्यांकन शुल्क

धितो राख्ने सम्पत्तीको मुल्यांकन गराउँदा भ्यालुएटरलाई पनि फि तिर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले धितो मूल्यांकनका लागि आ–आफ्नै भ्यालुयटर इञ्जिनियर छनौट गरेका हुन्छन् । उनीहरुले बैंकको आग्रह अनुसार फिल्डमा पुगेर धितो मूल्यांकन गरी कर्जा प्रवाह गर्न सक्ने सिमा तोकिदिन्छन् ।

धितो मूल्यांकन बापतको पैसा बैंकलाई बुझाउनु पर्दैन । धितो भ्यालुएटरलाई नै बुझाउने हो । पोपर्टीको कति फेयर मार्केट भ्यालु आउँछ, भ्यालुएटरले सोही अनुरुप धितो मूल्यांकन चार्ज लिन्छन् । सामान्यतया घरजग्गाको धितो मूल्यांकन गरेवापत इञ्जिनियरले ५ हजारदेखि १० हजारसम्म चार्ज लिने गर्छन । 

दृष्टिबन्धक शुल्क

तपाईंको सम्पूर्ण डकुमेन्ट तयार भइसकेपछि बैंकहरुले ऋण प्रवाह गर्नुभन्दा अगाडि मालपोत कार्यालयमा गएर तपाईंको सम्पत्ती धितो बन्धक राख्छन् । धितो बन्दक गर्न जाँदा मालपोत कार्यालयले निश्चित दस्तुर लिने गर्छन् । 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

3B49182BA6C0AC2-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

रियलस्टेट व्यवसायी भन्छन्– राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा पूर्वाग्रह राख्यो

7C0A1F48BA9F6D3-maha-prasad-adhikari.jpg

राष्ट्र बैंकले गर्‍यो घरजग्गा कर्जामा कडाई, काठमाडौंमा ३० प्रतिशतमात्रै कर्जा पाईने

0791760B076A058-Home-Loan-Management.jpg

४२ प्रतिशतले तिर्न सकेनन् घरजग्गा धितो राखेर लिएको ऋण