राष्ट्र बैंकले गर्‍यो घरजग्गा कर्जामा कडाई, काठमाडौंमा ३० प्रतिशतमात्रै कर्जा पाईने

पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता संकटलाई मध्यनजर गर्दैै राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा कडाई गर्दै निरुत्साहन गर्न खोजेको हो

406F4523C9DE64D-badge.png
462views
7C0A1F48BA9F6D3-maha-prasad-adhikari.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितो राखेर प्रवाह गरिने कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष ०७८/८० को मौद्रिक नीति जारी गर्दै कर्जा–धितोको सुरक्षाअनुपातलाई थप कसिलो बनाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्स कर्जा, धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षण ‘फेयर मार्केट भ्यालू’ बिचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र उपत्यका बाहिरको हकमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ । 

यसअघि काठमाडौं उपत्यकाभित्र ४० र उपत्यकाबाहिर यस्तो अनुपात ५० थियो ।

नेपाल सरकार र राष्ट्र बैंक दुबैले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जालाई अनप्रोडक्टिभ लगानी मान्दैै आइरहेका छन् । 

पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता संकटलाई मध्यनजर गर्दैै राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा कडाई गर्दै निरुत्साहन गर्न खोजेको हो ।

अनप्रोडक्टिभ क्षेत्रमा प्रवाह हुने कर्जालाई रोकेर प्रोडक्टिभ क्षेत्रमा परिचालन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । यसअघि नै राष्ट्र बैंकले कमर्शियल रियलस्टेट सेक्टरमा प्रवाह हुने कर्जाको जोखिम भार शत् प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको थियो ।

बैंकिङ प्रणालीमा चरम तरलता संकट भएपनि बैंक तथा वित्तीय संस्थाहरुबाट घरजग्गामा प्रवाह हुने कर्जामा त्यति फरक परेको देखिदैन । नेपाल राष्ट्र बैंककै तथ्यांकअनुसार पनि गत आर्थिक

वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा (व्यक्तिगत आवासिय र कमर्शियल) क्षेत्रमा झन्डै ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहका लागि सबैभन्दा भरपर्दा धितोका रुपमा स्थिर सम्पत्तीलाई लिने गर्छन । त्यसमा पनि कुल कर्जाको झन्डै एक तिहाई (६५/६६ प्रतिशत) कर्जा घरजग्गा धितो राखेर प्रवाह भएको देखिन्छ । 

नयाँ व्यवस्थाअनुसार घरजग्गा धितो राखेर प्रवाह गरिने कर्जामा कडाई गरेपछि ऋण प्रवाहमा संकुचन आउने राष्ट्र बैंकको अनुमान छ । त्यसो त बैंक तथा वित्तीय संस्थाले सहजै ऋण दिने हुँदा घरजग्गाको किनबेचमा उछाल आएर मूल्य बेलगाम बढिरहेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेट, भूउपयोग ऐन– २०७६, भूउपयोग नियमावली २०७९ मार्फत पनि घरजग्गा कारोबारमा कडाई गर्दै व्यवस्थित र पारदर्शी बनाउन खोजेको देखिन्छ ।  

Photo : Online Khabar

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

6D70F0C70642A54-998C1ACA901D6C9-Bitmap.jpg

बैंकबाट ऋण लिएर व्यवस्थित आवास परियोजनाका घर किन्नेलाई राहत