बैंकबाट ऋण लिएर व्यवस्थित आवास परियोजनाका घर किन्नेलाई राहत

काठमाडौं । बैंकबाट ऋण लिएर घर खरिद गर्न चाहने ग्राहकलाई नेपाल राष्ट्र बैंकले केही राहत दिएको छ । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीतिमा राष्ट्र बैंकले घरकर्जाको सिमा बढाइदिएको हो । 

406F4523C9DE64D-badge.png
471views
6D70F0C70642A54-998C1ACA901D6C9-Bitmap.jpg

काठमाडौं । बैंकबाट ऋण लिएर घर खरिद गर्न चाहने ग्राहकलाई नेपाल राष्ट्र बैंकले केही राहत दिएको छ । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिमा राष्ट्र बैंकले घरकर्जाको सिमा बढाइदिएको हो । 

नयाँ मौद्रिक नीतिमा कर्जा सुरक्षण मूल्य अनुपात ६० प्रतिशत कायम गरिएको छ । अब बैंकबाट धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा सुविधा पाइने छ । यसअघि धितो मूल्यांकनको ५० प्रतिशतमात्र कर्जा पाइने गरेको थियो । यो सँगै बैंकबाट ऋण लिएर आवास खरिद गर्न चाहनेका लागि राहत मिलेको छ ।

यो सुविधा हाउजिङ तथा अपार्टमेन्ट डेभलपरले बनाएका व्यवस्थित आवास परियोजनाका घर किन्नेले मात्र पाउने छन् । मौद्रिक नीतिमा भनिएको छ, ‘शहरी विकास र व्यवस्थित बसोबासलाई प्रोत्साहित गर्ने उद्देश्यले अनुमति प्राप्त घरजग्गा व्यवसायीबाट सञ्चालन गरिएका नेपाल सरकारबाट स्वीकृति प्राप्त निर्माणाधिन आवास योजनाका लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासिय घरकर्जाको हकमा कर्जा सुरक्षण अनुमात ६० प्रतिशत कायम गरिनेछ ।’

राष्ट्र बैंकको यो व्यवस्थाले हाउजिङ तथा अपार्टमेन्ट डेभलपरलाई पनि केही राहत मिलेको छ । 

राष्ट्र बैंकले पहिलो व्यक्तिगत घर निर्माण तथा खरिदका लागि प्रवाह गरिने ऋणमा भने कडाई गरेको छ । गएको कार्तिकमा राष्ट्र बैंकले घरजग्गा तथा रियलस्टेट कर्जासम्बन्धी व्यवस्थापमा संसोधन गर्दै ‘फस्र्ट होम बायर’का लागि धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरेको थियो । नयाँ मौद्रिक नीतिअनुसार पहिलो पटक घर निर्माण तथा खरिद गर्नका लागि पनि धितो मूल्यांकनको ६० प्रतिशतमात्र कर्जा सुविधा पाइनेछ ।

व्यक्तिगत आवासिय प्रयोजनका लागि बैंकले डेढ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउँछन् । सो भन्दा बढी ऋण रकम रियलस्टेटतर्फ गणना हुन्छ ।

नयाँ मौद्रिक नीतिमा अन्य घरजग्गा तथा रियल इस्टेट कर्जाको हकमा भने कर्जा सुरक्षण मूल्य अनुपातको सीमा यथावत राखिएको छ । यो कर्जामा काठमाडौं उपत्यकाभित्र ४० प्रतिशत र अन्य स्थानमा ५० प्रतिशतको सीमा छ ।
 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

90678C9B7553DAC-Home-loan-document.jpg

घरकर्जा लिन जाँदा नभुली लैजानुस् यी कागजपत्र

53A08F79288F30D-NRB.jpg

घरकर्जामा कडाई गर्ने राष्ट्र बैंकको संकेत

5150ED4BAF14BF6-DB251D2C7A0FDAE-Home-Loan-photo.jpg

बैंकबाट घरकर्जा लिँदा यसरी बचाउन सकिन्छ पैसा !