तपाई घर बिक्री गर्दै हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ घरको मूल्य

हामीले केही चलाखी गर्न सकेको खण्डमा तिब्र प्रतिस्पर्धाकै बिचमा पनि आफ्नो घरको सही मूल्य पाउन सक्छौं । आफ्नो घरको मूल्यांकनमा वृद्धि ल्याउन खरिदकर्ताले कुनै पनि आलोचना गर्ने ठाउँ छाड्नु हुँदैन ।

406F4523C9DE64D-badge.png
427views
1571969EB9B3FFF-1568648112267.jpeg


अहिले रियलस्टेट मार्केटमा आवासीय घरहरुको अत्याधिक आपूर्ति रहेको छ । अर्थात बिक्रीका लागि राखिएका घरहरुको संख्या अत्यन्तै धेरै हुन्छ । रियलस्टेटका अनलाइन प्लेटफमहर्रु, सामाजिक सञ्‍जाल जताततै घर बिक्रीमा राखेको देखिन्छ ।
कोभिड महामारीपछि नेपालमा आवासिय र व्यवसायिक घरहरु धेरै बिक्रीमा राखेको देखिन्छ । अझ महंगो मूल्यका प्रोपर्टी धेरै बिक्रीमा राखिएको छ । 
यस्तो बेला बिक्रेताहरु बिचमा प्रतिस्पर्धा हुने नै भयो । बजारमा सप्लाई बढ्दै गएपछि मूल्य घट्दै जाने अर्थशास्त्रको सामन्य सिद्धान्त नै हो । 
तर पनि हामीले केही चलाखी गर्न सकेको खण्डमा तिब्र प्रतिस्पर्धाकै बिचमा पनि आफ्नो घरको सही मूल्य पाउन सक्छौं । आफ्नो घरको मूल्यांकनमा वृद्धि ल्याउन खरिदकर्ताले कुनै पनि आलोचना गर्ने ठाउँ छाड्नु हुँदैन् । अर्थात्, तपाइँको घर खरिदकर्ताले पहिलो पटक हेर्ने वित्तिकै मन पराइहालोस् । 
जब कोही ग्राहक दुई सम्पत्तिको तुलना गर्न आउँछन्, त्यहाँ तपाईंले गर्न सक्ने केहि कार्यहरु हुन्छन् जसले गर्दा तपाईं आफ्नो सम्पत्तिको बिक्री मूल्य बढाउन सक्नुहुन्छ । र, खरिदकर्ताको रोजाइमा अन्य घरभन्दा तपाइँको घर नै पहिलो हुन सक्छ । 

सफा र व्यवस्थित प्रस्तुती
घर सधै चिटिक्क, सफा र व्यवस्थित हुनुपर्छ । झट्ट हेर्दा कसैले पनि छिः भन्‍ने खालको हुनुहुँदैन । चिटिक्क घर देखेपछि खरिदकर्ताहरु आकर्षिक हुन्छन र त्यहाँ बसुबसु लाग्‍ने भावना पैदा हुनसक्छ । 
तपाइँले आफ्नो घरको बृहत सरसफाईको लागि केहि रकम खर्च गरेर सरसफाइ गर्ने कम्पनीलाई कामको जिम्मा दिन सक्नुहुन्छ । उनीहरुले विभिन्‍न केमिकलको प्रयोग गरी विशिष्‍ट तरीकाले सरसफाई गरी घरको फोहोर, दुर्गन्ध हटाउनुका साथै अनावश्यक सामान हटाउने सल्लाह दिइ घरलाई व्यवस्थित र आकर्षक पार्नमा मद्दत पुर्याउँछन् ।
खरिदकर्ताहरुले सरसफाई र घरको व्यवस्थापनलाई ध्यान दिँदै त्यस घरमा स्थानान्तरण हुँदा गर्नुपर्ने यी कामहरुको बोझ नरहने कुरालाई महशुस गर्नु भनेको तपाईको लागि राम्रो पक्ष हो ।

भान्छाकोठा र बाथरुमको काम

 
लामो समय घरजग्गा खरिद बिक्री व्यवसायमा आबद्ध प्रोपर्टी ३६० का सञ्‍चालक सन्तोष प्रधानका अुनसार खरिदकर्ताहरुले चाहने आवश्यकता र सुविधा भनेको घरको भान्छा र बाथरुम हो जुन खरिदकर्ताले सम्पत्तिको मूल्याङकन गर्दा राम्ररी जाँच गर्छन । 
अहिलेको समयमा मानिसले मोडुलार किचेनको चाह राख्छन् । यदि तपाईको घरमा पहिल्यै आधुनिक सुविधा सम्पन्‍न भान्छाघर छैन भने भान्छाको क्षेत्रलाई आकर्षक र उत्कृष्‍ट बनाउन केही लगानी गर्दा राम्रो हुन्छ । यो सुनिश्‍चित गर्नुहोस् चिम्‍नी र होब (आधुनिक ग्यास स्टोभ) आधुनिक भान्छाघरको हिस्सा हो ।
यस्तै बाथरुमको कुरा गर्नुपर्दा त्यसमा जडित सबै पाइप तथा उपकरणहरुले राम्रोसँग काम गर्ने हुनुपर्छ र बाथरुम एकदम सफा हुनु अपरिहार्य कुरा हो । यदि बाथरुमको भित्ता वा छतको कुनै भाग चर्किएको छ र त्यसबाट पानी रसाउने गर्छ भने तुरुन्त त्यसको मर्मत गरी रंगरोगन गर्नुपर्छ । यस्ता किसिमका सामान्य समस्याले गर्दा पनि खरिदकर्तामा नकारात्मक प्रभाव पर्न जान्छ र उनीहरु खरिद प्रक्रिया बाट पछाडि हट्न सक्छन् ।

नयाँ रङ लगाउनुस्

 
तपाईले आफ्नो सम्पत्ति बिक्रि गर्नु भन्दा अगाडि पुरै घरमा नँया रङ लगाउनु राम्रो हुन्छ । त्यसमा पनि आर्कषक रङ लगाउँदा सम्पत्ति हेर्न आउने व्यक्ति स्वतः आकर्षित हुन्छ । ताजा रङले सुःखद र सकारात्मक भावना प्रदान गर्छ । बैठक कोठामा सकभर सेतो अथवा सादा हल्का रंगको प्रयोग गर्नु राम्रो हुन्छ । यसले बैठक कोठालाई शान्त र खुल्ला देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । केहि महँगो मूल्य परे पनि गुणस्तरीय कम्पनीको रंग प्रयोग गर्नुपर्छ । जसले गर्दा लामो समयसम्म त्यसको चमक र स्थायित्व रहिरहन्छ । 
यसरी केहि रकम खर्चिएर आफ्नो घरलाई व्यवस्थित र चिटिक्कको बनाउँदा खरिदकर्तामा त्यसले सकारात्मक उर्जा प्रवाह गर्छ र तपाईले अलिकति बढि बिक्रि मूल्य राख्दा पनि त्यसमा मोलमोलाई गर्ने र धेरै घटाउने मानसिकता उनीहरुले राख्दैनन् । उनीहरुमा तपाईको घरको आकर्षण, व्यवस्थापन र प्रस्तुतीकरणले गर्दा यस घरमा उच्च गुणस्तरीय र आधुनिक सामाग्रीको प्रयोग भएको छ भन्‍ने बोध हुन्छ र अन्तिम बिक्रि मूल्य सान्दर्भिक र तपाईलाई फाइदा हुने गरी तय हुन सक्छ । 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

60AF4F3BCDBD66B-plan.jpg

घर बनाउनुअघि किन अनुमानित लागत निकाल्नु आवश्यक छ ? यी हुन् फाइदाहरु

E1DA7D38C219C39-Home-Money.gif

Best Ways to Save Money for your Next Dream House