टू–लेटले टाट : मर्कामा भाडावाल, मुश्किलमा घरबेटी !

रोजगारी गुम्दा, व्यवसाय चौपट हुँदा आम्दानीमा गिरावट आएपछि धेरैजसो मानिस फ्ल्याट सेयर गरेर बस्न थालेका छन् । जसले गर्दा कोठा वा फ्ल्याटको डिमान्ड कम भएको छ । 

CDBDE82D00FE9FF-Room-Rent-Ktm.jpg

अघिपछि भाडावालले भरिभराउ हुन्थ्यो, काठमाडौँ, बुद्धनगरका रत्नबहादुर तण्डुकारको घर । तर, चैतयता पूरै घर खाली छ । ‘पहिला ‘कोठा खाली छ ?’ भनेर सोध्नेले दिक्कै पार्थे,’ तण्डुकारले भने, ‘अहिले कोठा खाली छन् । तर, भाडामा बस्ने मान्छे पाउन मुश्किल छ ।’ चैत ११ पछि एउटै व्यक्ति पनि कोठाका लागि सोध्न नआएको उनले बताए । ‘घरको एउटा सटरमा सैलुन छ,’ उनले भने, ‘लकडाउन हुने भएपछि सैलुन व्यवसायी घरतिर लागे । अहिलेसम्म फर्किएका छैनन् ।’ 

‘६ महिनादेखि बन्द सैलुन तत्काल खुल्ने छाँटकाँट छैन,’ तण्डुकारले थपे, ‘किनकी, सरकारले सैलुन खोल्ने अनुमति दिएको छैन । खुले पनि ग्राहक सैलुन जान डराइरहेका छन् ।’ सैलुन व्यवसायी सम्पर्कमा नआएकाले तण्डुकारले उनी फर्किने र भाडा तिर्ने आश मारिसकेका छन् । 

काठमाडौँ, बुद्धनगरकै नीलकुमारी महर्जनको घरमा दुइटा कोठा खाली भएको पाँच महिनाभन्दा बढी भइसक्यो । कोठामा बसेका रामेछापका भाडावाल लकडाउन लम्बिएपछि घरतर्फ लागेका थिए । ‘त्यसयता ती दुई कोठा खाली नै छन्’ महर्जनले भनिन् । कोठा हेर्नका लागि एकदुई मान्छे आइरहेका पनि छन्, तर भाडा चित्त नबुझ्दा फर्किन्छन् । 

काठमाडौं, शंखमुल चोकमै रहेको दिवेशकुमार श्रेष्ठको घरमा पनि फ्ल्याट खाली भएको महिनौं भइसक्यो । उनले सडकबाटै देखिने गरी ‘टू लेट’ टाँसेका छन् । ‘तैपनि, फ्ल्याटबारे सोध्न कोही आएका छैनन्,’ उनले भने, ‘महामारी रहुञ्जेल पैसा घटाएरै भए पनि भाडामा दिने सोच छ । तर, ‘घरभाडा घटाउँछु’ भन्दा पनि बस्ने मान्छे पाउन गाह्रो छ ।’

काठमाडौं, अनामनगरका घरधनी हरिप्रसाद पराजुलीको घर पनि खाली भइसकेको छ । ‘अहिले अनामनगरमा मात्र होइन कि, काठमाडौं उपत्यकाभरी नै घरहरु धमाधम खाली भइरहेका छन्, घर भाडामा लगाउन चाहिरहेका घरधनीको जमात ठूलो भइसकेको छ’ उनले भने ।

अहिले उपत्यकाभरि नै आवासीय र व्यावसायिक भवन धमाधम खाली भइरहेका छन् । चोक, गल्ली, बिजुलीका खम्बा जताततै ‘घर भाडामा’, ‘फ्ल्याट खाली छ’, ‘टू लेट’ लेखेर टाँसेको देखिन्छ । 

केही महिनाअघिसम्म ‘तीन महिनामै फरर अंग्रेजी बोल्न सिकाइन्छ’, ‘थेसिस लेखिन्छ’, ‘मेकानिक चाहिएमा सम्पर्क गर्नुहोस्’ लगायत लेखिएका विज्ञापनले भरिने बिजुलीका खम्बामा यतिबेला ‘घर, फ्ल्याट वा सटर भाडामा’ भनेर लेखिएका सूचना÷विज्ञापनले भरिन थालेका छन् । 

रोजगारी गुम्दा, व्यवसाय चौपट हुँदा आम्दानीमा गिरावट आएपछि धेरैजसो मानिस फ्ल्याट सेयर गरेर बस्न थालेका छन् । जसले गर्दा कोठा वा फ्ल्याटको डिमान्ड कम भएको छ ।

घरजग्गा एजेन्ट संघ नेपाल (रिआन)का अध्यक्ष ईश्वर खरेलले अहिले घरधनीलाई नयाँ डेरावाल पाउन निकै गाह्रो भइरहेको बताए । ‘खाली कोठा वा फ्ल्याटका लागि नयाँ भाडावाल पाउन मुश्किल भएपछि हिजो चर्को भाडा असुल्ने घरधनी पनि यतिबेला भाडा घटाउने मनस्थितिमा पुगेका छन्,’ उनले भने ।

घरजग्गा एजेन्सी नेपाल भूमिका सञ्चालक विक्रम लामाका अनुसार अहिले ‘घर भाडामा लगाइदिन’ भन्ने घरधनीको चाप बढेको छ । ‘महामारीअघि प्राइम लोकेसनका घरधनी घरभाडामा लगाउन भनेर त्यति आउँदैनथे,’ उनले भने, ‘खाली हुनेबित्तिकै अर्को आएर बसिहाल्थ्यो । तर, अहिले प्राइम लोकेसनका घरबेटीले पनि डेरावाल पाउनै सकिरहेका छैनन् ।’ 

तत्काल भनेजति भाडा पाउन नसकिने भनेर कतिपय घरधनी घर नै बिक्री गर्न खोजिरहेको लामाको भनाई छ । ‘ठमेलका घरधनीले तत्काल भनेजति घरभाडा उठाउन सक्ने अवस्था छैन,’ उनले भने,  ‘त्यसैले कतिपय घरबेटी घर नै बेच्न खोजिरहेका छन् ।’ 

लकडाउनमा शहरमा जीवनयापन गर्न मुश्किल भएपछि धेरै मानिस आ–आफ्नो गाउँ फर्किए । ‘शहरमा अवसर खोज्दै आएकाहरूले जब शहरमा जिउने आधार देखेनन्, आफ्नै घर फर्किए,’ पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन्, ‘उनीहरूले तत्काल काठमाडौं फर्किने मनस्थिति पनि बनाएको देखिँदैन ।’ 

रोजगारी गुम्दा, व्यवसाय चौपट हुँदा आम्दानीमा गिरावट आएपछि धेरैजसो मानिस फ्ल्याट सेयर गरेर बस्न थालेका छन् । जसले गर्दा पनि कोठा वा फ्ल्याटको डिमान्ड कम भएको रिआनका अध्यक्ष खरेलले बताए । अहिले घरभाडाको दर औसतमा २० प्रतिशतले घटेको बताइन्छ । आवासीय र व्यावसायिक भवनमा कम्तीमा यो आर्थिक वर्ष घरबेटीले सोचेजति वा सम्झौता गरेअनुरूप भाडादर नबढ्ने उनको तर्क छ । 

अर्थशास्त्री केशव आचार्यले कोभिड–१९ को पहिलो असर काठमाडौँको रेन्टल बजारमा देखिएको बताउँछन् । ‘आवासीय र व्यावसायिक दुवै क्षेत्रमा ज्यादै नराम्रो प्रभाव देखिँदै छ,’ उनले भने, ‘शहरमा फ्ल्याट, कोठा लिएर बसेका मान्छे लकडाउनसँगै गाउँ फर्किए । अब उनीहरू गाउँबाट फर्किन्छन् कि फर्किदैनन् थाहा छैन ।’

केही समयअघि गाउँ गएका मान्छे शहर फर्किएका पनि थिए । तर, ‘गाउँबाट कोरोना ल्यायो’ भन्दै घरधनीले उनीहरूलाई घरभित्र पस्न दिएनन् । घरबेटीको यस्तो व्यवहारले डेरावाल दुःखी भए । यही कारणले पनि कतिपयले कोठा छाडेका छन् ।

काठमाडौंमा कोठा भाडामा बस्ने विद्यार्थीको संख्या ठूलो छ । उनीहरू एउटा पलङ, ग्यास–चुल्हो र पकाउने भाँडा राखेर बसेका हुन्छन् । दसैंअघि पढाइ सुरु हुने सम्भावना छैन । गाउँ फर्किएका विद्यार्थी तिहारसम्म उतै बस्ने भए । त्यसपछि स्कुल, कलेज खुलिहाले पनि सोही घरमा फर्किन एउटा कोठाको कम्तीमा ५÷६ हजार रुपैयाँका दरले गत चैतदेखि कात्तिकसम्मको भाडा ४० देखि ४८ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यो पैसा तिर्नुभन्दा बरु नयाँ सामान खरिद गरेर नयाँ कोठामा बस्दा सस्तो पर्ने विद्यार्थीको ठहर हुन सक्ने अर्थशास्त्री केशव आचार्यको अनुमान छ । 

अहिले धेरै घरधनीलाई ‘आफ्नो घरमा बसिरहेका डेरावाल पनि कतै छाडेर जाने त होइन’ भन्ने पिर पर्न थालेको रिआनका अध्यक्ष खरेलले बताए । ‘धेरै घरधनीलाई आफ्नो घरमा बसेका भाडावाल सस्तो पाएर अन्तै त जाने होइन भनेर चिन्ताले सताइरहेको छ,’ उनले भने ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा रियलस्टेट, भाडा र आर्थिक गतिविधिको योगदान झण्डै १२ प्रतिशत रहेको छ । जीडीपीमा ठूलो योगदान पु¥याउने क्षेत्र नै प्रभावित भएपछि समग्र अर्थतन्त्र नै प्रभावित हुने अर्थशास्त्री आचार्यले बताए । 

राष्ट्रिय व्यवसायी महासंघका नरेश कटुवालका अनुसार उपत्यकाका झण्डै ४० प्रतिशत पसल र व्यवसाय बन्द भइसकेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार लघु तथा साना उद्योगमध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भइसकेका छन् । 

अहिले मुलुकमा ९ लाख २३ हजार उद्योग रहेको तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणनाले देखाएको छ । त्यसमध्ये २० प्रतिशत अर्थात् १ लाख ८४ हजार व्यवसाय स्थायी रूपमा बन्द भएको अनुमान छ । यी उद्योग र व्यवसाय बन्द हुँदा पनि घरभाडामा असर परेको छ । 

नेपाल डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार काठमाडौंको कुल जनसंख्यामध्ये झण्डै दुई तिहाई विभिन्न जिल्लाबाट आएर डेरा लिएर बसेका मान्छे हुन् । ‘अहिले काठमाडौंबाट करिब १८÷२० लाख मानिस बाहिरिएका छन्,’ उनले भने, ‘त्यसमध्ये १० लाखजति मान्छे फर्किए पनि आठ लाख मान्छे गाउँमै बस्छन् होला ।’

डेरावाल संघले महामारीको समयमा घरभाडामा ५० प्रतिशतसम्म छुट दिन आग्रह गरेको थियो । सो आग्रह घरधनीले मानेनन् । अहिले ठमेलबाहेक अरू ठाउँको आवासीय र व्यावसायिक भवनको घरभाडा घटाउन घरधनीले खोजेका छैनन् । घरभाडा छुट नदिए कोठा खाली हुने सम्भावना उत्तिकै बढिरहेको छ ।
 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

90678C9B7553DAC-Home-loan-document.jpg

घरकर्जा लिन जाँदा नभुली लैजानुस् यी कागजपत्र

34C735EF4D88A54-CA74C300722FBF8-Black-List-Final-Photo.jpg

धितो लिलामीमा बैंकहरु आक्रमक, २ हजार ऋणी कालोसूचिमा

1037FBD48A396C5-KTM.jpg

ठूला घरजग्गा कारोबारमा देखिएन गिरावट, १० करोड मूल्यमाथिका ८७ घरजग्गा किनबेच