अहिलेको दुनियाँमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण नलिई घरजग्गा जोड्न मुस्किल भइसकेको छ । निश्चित आम्दानी हुनेहरुले धेरथोर बचत गरेर बैंकमा मासिक किस्ता (ईएमआई) तिरेर घरजग्गा जोडिरहेका हुन्छन् । तर, बैंकिङ प्रणालीमा हुने तरलता उपलब्धताले बिचबिचमा भइरहने ब्याजदर परिवर्तनका कारण ईएमआईको आकार बढ्न जाँदा निश्चित आम्दानी हुनेहरु समस्यामा पर्दै आइरहेका थिए ।
यही स्थितीलाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आवधिक कर्जाको ब्याजदर स्थिर राख्न परिपत्र जारी गर्यो, जसअनुरुप बैंकहरुले कार्तिक १ देखि फिक्स (स्थिर) र फ्लोटिङ (परिवर्तित)ब्याजदर सार्वजनिक गरि कार्यान्वयनमा ल्याइसकेका छन् ।
अब घर र गाडी खरिद गर्ने ग्राहकले बैंकबाट आफुलाई अनुकुल हुने गरि स्थिर र परिवर्तित ब्याजदरको ऋण लिन सक्छन् । स्थिर ब्याजदरको ऋण लिएका ग्राहकहरुलाई अन्तिम किस्ता बुझाउँदासम्म ब्याजदर परिवर्तन हुने छैन् । यदि ग्राहकले परिवर्तित ब्याजदरको ऋण लिन चाहेमा लिन सक्छन् । परिवर्तित ब्याजदरमा बैंकहरुको बेसरेट (आधारदर)को आधारमा हरेक तीन÷तीन महिनामा उतार चढाव आइरहन्छ ।
राष्ट्र बैंकले परिपत्र गरिसकेपछि बैंकहरुले स्थिर र परिवर्तित ब्याजदर सार्वजनिक गरिसकेका छन् । तुलनात्मक रुपमा फिक्स ब्याजदर भन्दा फ्लोटिङ ब्याजदर अलि कम हुन्छ । किनभने, ग्राहकले ऋणको अन्तिम किस्ता बुझाउँदासम्म बजारमा तरलता लगायतमा जतिसुकै उतारचढाव आए पनि ब्याजदर तलमाथि गर्न पाइँदैन ।
बैंकहरुले कर्जाको अवधि हेरिकन ८.२५ प्रतिशतदेखि १४ प्रतिशतसम्म घर तथा सवारी कर्जाको स्थिर ब्याजदर निर्धारण गरेका छन् ।
हामी तपाईंहरुलाई कुन बैंकले कति प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै छन्, तपाईंले कुन बैंकबाट घरकर्जा लिँदा तुलनात्मक रुपमा सस्तो पर्छ भनेर जानकारी गराउँदै छौं ।
सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले कर्जाको अवधि हेरिकन ९ देखि ११ प्रतिशतसम्म फिक्स ब्याजदर तोकेको छ । बैंकले फलोटिङ ब्याजदरतर्फ ७.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म घरकर्जा उपलब्ध गराएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले १ वर्षको घरकर्जा ८.९९ प्रतिशत तोकेको छ । १० वर्ष अवधिको घरकर्जा लिँदा फिक्स ब्याजदर १२.५० तोकेको छ । यो बैंकले परिवर्तित ब्याजदर अवधि हेरिकन ८.८४ प्रतिशतदेखि १२.३४ प्रतिशतसम्मतोकेको छ ।
नेपाल बैंकले ५ वर्षसम्मको घरकर्जाको फिक्स ब्याजदर ९.८५ प्रतिशत तोकेको छ । बैंकले घरकर्जाको परिवर्तित ब्याजदर ८.८४ प्रतिशतदेखि १०.६५ प्रतिशतसम्म तोकेको देखिन्छ । लक्ष्मी बैंकले १ वर्षको स्थिर ब्याजदर ८.४९ प्रतिशत निर्धारण गरेको छ । नबिल बैंकले ५ वर्ष अवधिको घरकर्जाको फिक्स ब्याजदर १० प्रतिशत लिने जनाएको छ ।
ग्लोबल आईएमई बैंकले ५ वर्ष अवधिको घरकर्जाका लागि ७.९९ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म फिक्स ब्याजदर निर्धारण गरेको छ । यो बैंकले १५ वर्षभन्दा माथिको ऋणका लागि ११.९९ प्रतिशत फिक्स ब्याजदर तोकेको छ । कृषि विकास बैंकले ५ वर्ष अवधिको ऋणमा ९.७५ प्रतिशत फिक्स ब्याज लिने जनाएको छ ।
‘क’ बर्गका वाणिज्य बैंकले कार्तिक १ देखि कार्यान्वयनमा ल्याएको फिक्स र फलोटिङ ब्याजदर यसप्रकार छ ।
a}+ssf] gfd |
kl/jlt{t Aofhb/ |
l:y/ Aofhb/ |
/fli6«o afl0fHo a}+s |
७.३ देखि ८.८ प्रतिशतसम्म |
- ५ वर्षसम्म ९ प्रतिशत - १० वर्षसम्म १० प्रतिशत - १५ वर्षसम्म ११ प्रतिशत |
g]kfnOGe]i6d]G6 a}+s |
८.८४ देखि १२.३४ प्रतिशतसम्म |
- १ वर्षसम्म ८.९९ प्रतिशत - ५ वर्षसम्म ९.९९ प्रतिशत - ७ वर्षसम्म १०.५ प्रतिशत - १० वर्षसम्म १२.५० प्रतिशत |
नेपाल बैंक |
८.८४ देखि १०.६५ प्रतिशतसम्म |
- ५ वर्षसम्म ९.८५ प्रतिशत - ११ वर्षसम्म ११.४९ प्रतिशत - १० वर्षमाथि १३.३५ प्रतिशत |
स्टान्डर्ड चार्टर्ड बैंक |
|
- १०.७५ देखि १३.७५ प्रतिशतसम्म |
कृषिविकास बैंक |
१३.५४ प्रतिशतसम्म |
- ५ वर्षको ९.७५ प्रतिशत - १० वर्षको १०.२५ प्रतिशत - १० वर्षमाथिको ११.२५ प्रतिशत |
नबिल बैंक |
११.८४ प्रतिशतसम्म |
- ५ वर्षको १० प्रतिशत - ५ देखि १० वर्ष १०.५० प्रतिशत - १० वर्षभन्दामाथि ११ प्रतिशत |
एनएमबी बैंक |
८.८५ देखि १२.८५ प्रतिशतसम्म |
- ५ देखि १५ वर्षसम्म ९.४९–१२.२४ प्रतिशत |
माछापुच्छ«े बैंक |
१३.३१ प्रतिशतसम्म |
- ५ वर्षको ९.८९ प्रतिशत - ५ देखि १० वर्ष १०.८९ प्रतिशत - १० वर्षभन्दामाथि ११.८९ प्रतिशत |
ग्लोबल आइएमई बैंक |
१४.४२ प्रतिशतसम्म |
- ५ वर्षसम्म७.९९–८.९९ प्रतिशत - ५ देखि १० वर्षसम्म ९–९.९१ प्रतिशत - १० देखि १५ वर्षसम्म १०–१०.९९ प्रतिशत - १५ वर्षमाथि ११ –११.९९ प्रतिशत |
नेपालएसबीआई बैंक |
|
- १४ प्रतिशतसम्म |
सिद्धार्थ बैंक |
१३.२० प्रतिशतसम्म |
- ५ देखि १० वर्षमाथि ८.९९ –११.५० प्रतिशत |
बैंक अफ काठमाण्डू |
१२.८७ प्रतिशतसम्म |
- १० बर्षको १०.९८ प्रतिशत - १५ वर्षको ११.९८ प्रतिशत - १५ वर्षमाथि १२.९८ प्रतिशत |
सनराइज बैंक |
१२.८० प्रतिशतसम्म |
- ५ वर्षसम्म १०.५० प्रतिशत - १० वर्षसम्म ११ प्रतिशत - १५ वर्षसम्म ११.५० प्रतिशत |
सानिमा बैंक |
१२.८७ प्रतिशतसम्म |
- १३ महिनादेखि ३ वर्षसम्म ८.२५ देखि १३ प्रतिशतसम्म |
सेञ्चुरी कमर्शियल बैंक |
|
- ११.४९ देखि १२.९९ प्रतिशत |
प्राइमकमर्शियल बैंक |
१५.१२ प्रतिशतसम्म |
- ५ देखि २० वर्षसम्म ११–१२.५० प्रतिशत |
नेपालबंगलादेश बैंक |
९.२ देखि १३.२ प्रतिशतसम्म |
- ५ वर्षसम्म ९.९९ प्रतिशत - १० वर्षसम्म १०.९९ प्रतिशत - २० वर्षसम्म ११.४९ प्रतिशत |
एभरेष्ट बैंक |
९.४२ देखि ११.९२ प्रतिशतसम्म |
- ५ वर्षसम्म १०.९८ प्रतिशत - १० वर्षसम्म ११.९८ प्रतिशत - १० वर्षभन्दामाथि १३.४८ प्रतिशत |
हिमालयन बैंक |
१२.७३ प्रतिशतसम्म |
- ५ वर्षको ९.७५ प्रतिशत - १० वर्षको १०.२५ प्रतिशत - १२ वर्षको ११.२५ प्रतिशत - १५ वर्षमाथि १२.४९ प्रतिशत |
एनआइसीएशिया बैंक |
१३.९८ प्रतिशतसम्म |
- ५ वर्षसम्म १४ प्रतिशत - १० वर्षसम्म १४.५० प्रतिशत - १५ वर्षसम्म १५ प्रतिशत |
मेगा बैंक |
१३.१० प्रतिशतसम्म |
- १३.१० प्रतिशतसम्म |
एनसीसी बैंक |
१२.८३ प्रतिशतसम्म |
- ५ वर्षसम्म ९.३५ प्रतिशत - १० वर्षसम्म ९.५८ प्रतिशत - १० वर्षभन्दामाथि १० प्रतिशत |
सिटिजन्स बैंक |
९.२२ देखि १३.९७प्रतिशतसम्म |
- ५ वर्षसम्म १०.५० प्रतिशत - ६ देखि१५वर्षसम्म ११.५० प्रतिशत - १६ वर्षमाथि १२ प्रतिशत |
कुमारी बैंक |
१५.४९ प्रतिशतसम्म |
- ५ वर्षको १०.०५ प्रतिशत - ५ वर्षमाथि ११ प्रतिशत |
लक्ष्मी बैंक |
१३.३३ प्रतिशतसम्म |
- १ वर्षको ८.४९ प्रतिशत - २ देखि ३ वर्ष ८.९९–९.९९ प्रतिशत - ३ देखि ५ वर्ष ९.९९–१०.९९ प्रतिशत - ५ देखि १० वर्ष ११.९९–१२.९९ प्रतिशत - १० देखि १५ वर्ष १२.९९–१३.९९ प्रतिशत |