होमलोन लिँदा बैंकमा पेश गर्नुपर्छ यी कागजात

ऋण लिन तपाईंले बैंकले तोकेका निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । बैंकबाट ऋण लिनका लागि आफ्नो अचल सम्पत्ति धितो राख्नुपर्ने हुन्छ । त्यसबाहेक ऋणी र व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको स्रोत हुनुपर्छ ।

406F4523C9DE64D-badge.png
484views
E4433BFF3E96355-B384B6B916951FE-Home-and-Vehicle (2).jpg

बैंक र वित्तीय संस्थाहरूले निश्चित मापदण्डभित्र रहेर घरजग्गा खरिद र निर्माणका लागि कर्जा प्रदान गर्छन् । ऋण लिन तपाईंले बैंकले तोकेका निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । बैंकबाट ऋण लिनका लागि आफ्नो अचल सम्पत्ति धितो राख्नुपर्ने हुन्छ । त्यसबाहेक ऋणी र व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको स्रोत हुनुपर्छ । एक वर्ष अवधिको बैंक स्टेटमेन्ट पनि पेश गर्नुपर्ने हुन्छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो व्यवस्थाअनुसार आम्दानीअनुसार सरकारलाई आयकर बुझाएको प्रमाण (करचुक्ता प्रमाणपत्र) पनि पेश गर्नुपर्ने हुन्छ । नियमित रूपमा आयकर तिर्नेहरूले सहजै रूपमा करचुक्ता प्रमाणपत्र लिन सक्छन् । वार्षिक रूपमा आम्दानीको करचुक्ता प्रमाणपत्र आन्तरिक राजस्व विभाग मातहतका कार्यालयले दिन्छन् । त्यसपश्चात् ऋण लिने ग्राहकले बैंकद्वारा तोकिएको कर्जाको माग आवेदन फारम भर्नुपर्ने हुन्छ । 

ऋणको आवदेनसँग पेश गर्नुपर्ने कागजात

  • कर्जा लिने व्यक्तिको नागरिकता
  • पासपोर्ट साइजको फोटो
  • ऋण लिने व्यक्ति र व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोतसम्बन्धी विवरण
  • वार्षिक आम्दानीको कर तिरेको करचुक्ता प्रमाणपत्र
  • आयस्रोत प्रमाणपत्र (तलब, व्यवसायको अडिट रिपोर्ट, घरभाडा)
  • व्यवसाय दर्ता प्रमाणपत्र 
  • बैंकबाट कर्जा लिनको लागि राखिने धितो (पोपर्टी)को चार किल्ला प्रमाणित भएको लालपुर्जा
  • सम्पत्तिको बाटो खुल्ने कागजात
  • सम्पत्तिको कर तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ)
  • जग्गाको ब्लु प्रिन्ट, ट्रेस
  • धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निर्माणका लागि लिएको इजाजत पत्र
  • घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र
  • कानुनी रूपमा दर्ता भएका संघसंस्थामा काम गरिरहेका कर्मचारी वा तलबी व्यक्ति भएमा तलबसम्बन्धी कागजात, घरभाडामार्फत आम्दानी गर्नेहरूको हकमा घरभाडाको सम्झौतापत्र र भाडा आउने घरको लालपुर्जाको प्रमाणपत्र
  • वैदेशिक रोजगारीबाट आम्दानी गर्नेको हकमा भिसा लागेको पासपोर्टको प्रमाण, तलबी कागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात 
  • बैंकको नीतिअनुसार अन्य कागजपत्र 

जमानीकर्ताले प्रस्तुत गर्नुपर्ने कागजात (आवश्यक भएमा) 

  • व्यक्तिगत सम्पत्ति र दायित्व विवरण 
  • नागरिकता वा पासपोर्ट 
  • निवास प्रमाण
  • जमानत बस्ने व्यक्तिको काम गर्ने ठाउँको ठेगाना र विवरण 
  • करचुक्ता प्रमाणपत्र
  • बैंक स्टेटमेन्ट
     

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

C3C597A1DF5B9ED-DownTown-Apartment.jpg

मंसिरमा देशभर ६१ हजार घरजग्गा, ८७ अपार्टमेन्ट किनबेच

90678C9B7553DAC-Home-loan-document.jpg

घरकर्जा लिन जाँदा नभुली लैजानुस् यी कागजपत्र

1C3B6B442291E5C-bank.jpg

यस्तो छ, बाणिज्य बैंकहरुले कार्तिक १ गतेदेखि लागू गरेको फिक्स ब्याजदर !