घरको औसत आयु कति बर्ष हुन्छ, आयु कसरी बढाउने ?

माटो ढुंगाभन्दा कंक्रिटको घरको आयु कम, यसरी बढाउन सकिन्छ जीवन 

868F66581E28D8F-House image.jfif

काठमाण्डौ । अहिले शहरमा मात्र होइन कि गाउँमा पनि घर बनाउँदा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गर्न थालिएको छ । माटो, ढुंगा/इटा र काठ प्रयोग गरी पुरानो प्रविधिबाट बनाइएका घरहरु हराउँदैछन् । देशैभर आधुनिक प्रविधि सिमेन्ट, डन्डी, गिट्टी, बालुवा प्रयोग गरेर आधुनिक कंक्रिटका घरहरु ठडिँदैछन् । 

पुरानो प्रविधिबाट बनाइएका घरहरुको आयु लामो हुन्थ्यो । दुई/तीन सय बर्षअघि बनाइका कतिपय घरहरु अझै पनि देख्‍न पाइन्छ । तर, कंक्रिटका घरहरुको आयु त्यति धेरै लामो नहुने इञ्‍जिनियर नृपेश तण्डुकार बताउँछन् ।

जुनसुकै घरहरुको पनि समय वित्दै जाँदा संरचनात्मक शक्ति र चमक हराउँदै जान थाल्छ । त्यसमा पनि सिमेन्ट (आरसीसी) प्रविधिका घरको शक्ति चाँडै ढल्किन थाल्ने स्ट्रक्चरल इञ्‍जिनियर बताउँछन् ।

कंक्रिट घरको औसत आयु

सामन्यतयाः घर निर्माणमा प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर, निर्माण प्रकृया, जमिनको अवस्था लगायतले घरको आयु निर्धारण गरिदिन्छ । कुनै पनि घरको आयु यति नै भनेर ठोकुवा गर्ने आधार नभएको स्ट्रक्चरल इञ्‍जिनियर बताउँछन् । 

अन्तर्राष्‍ट्रिय अध्ययन अनुसार, कुनै पनि ठोस संरचनाको औसत आयु ७५ देखि १०० बर्ष हुन्छ । तर, कंक्रिटबाट ठडिएका अपार्टमेन्टको औसत आयु भने ५० देखि ६० बर्ष हुने बताइन्छ । 

व्यक्तिगत रुपमा बनाइने सिंगल कंक्रिट स्ट्रक्चरल घरको औषत आयु ५० बर्ष रहेको स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयाल बताउँछन् । कंक्रिट प्रविधिका निर्माण सामाग्रीहरुको आयु घट्दै जाने हुँदा यस्ता घरको आयु लामो नहुने उनको भनाई छ ।

केएसएम सर्भिसेजका सञ्‍चालक तण्डुकारका अनुसार सिमेन्टको आयु ७०/७५ बर्षजति हुने गर्छ । सिमेन्ट, डन्डी प्रयोग गरेर बनाइने कंक्रिट घरको आयु पनि ७०/७५ बर्षसम्मकै हुने उनको भनाई छ ।

पछिल्लो समय नेपालमा कोरियन प्रविधिको एसवाई प्यानलबाट सस्तो मूल्यमा घर बनाउने ट्रेन्ड पनि बढ्दो छ । कंक्रिट प्रविधिभन्दा निकै सस्तो मूल्यमा तयार हुने कोरियन प्रविधिका घरको औसत आयु पनि ५० वर्ष रहेको एसवाइ प्यानल कम्पनीका सिभिल इञ्‍जिनियर एवं मार्केटिङ म्यानेजर बिमलराज गोसाई बताउँछन् । उनका अनुसार, कंक्रिट (आरसीसी) प्रविधिका घरहरुको पनि औषत आयु ५०/६० बर्ष नै हो ।

सिमेन्टको आयुअनुसार आरसीसी प्रविधिका घरहरुको औषत आयु ५० बर्ष हुन्छ तर, स्ट्रक्चर निर्माण बलियो छ र नियमित मर्मत सम्भार गरियो भने घरको आयु ७०/७५ बर्षसम्म पनि लम्बिन सक्छ । 

सामूहिक आवास क्षेत्र र अपार्टमेन्टको नियमित मर्मत सम्भार भइरहने हुँदा घर वा फ्ल्याटको आयु बढ्ने गरेको इञ्‍जिनियर बताउँछन् । त्यहाँ धेरै सेवा सुविधा साझा रुपमा प्रयोग हुन्छन् । सयौं परिवार बस्‍ने अपार्टमेन्टको भवन एउटै हुन्छ । उनीहरु त्यहाँ नियमित मर्मतसम्भार गर्छन् । तर, व्यक्तिगत घरको मर्मत सम्भारमा त्यति तदारुकता देखाइँदैन । त्यसैले पनि व्यक्तिगत घरहरु नियमित मर्मत सम्भारको अभावले चाँडै कमजोर हुने गरेको इञ्‍जिनियरहरुको भनाई छ । 

घरको आयु किन हुन्छ ?

घर एक संरचना हो, जुन विभिन्‍न तत्वहरुको संयोजनबाट बनेको हुन्छ । र, ती तत्वहरुको आयु समयसँगै छट्दै जान्छ । जस्तो कि पर्यावरणीय प्रभाव, मानव उपयोग, खराब डिजाइन, गुणस्तरहीन निर्माण सामाग्री, कमजोर भु–धरातल लगायतले गर्दा घरहरु छिटो कमजोर हुँदै जान्छन् ।

घर डिजाइन तथा निर्माण कम्पनी घरकर्मका सञ्‍चालक इञ्‍जिनियर सन्तोष पुडासैनी  का अनुसार प्राकृतिक निर्माण सामाग्री माटो, ढुँगा, राम्रो काठको आयु धेरै बर्ष हुने गर्छ । त्यसैले सय बर्ष पुराना घरहरु पनि उस्तै बलिया हुन्छन् । तर, मान्छेले बनाएका आधुनिक निर्माण सामाग्रीहरु सिमेन्ट र डन्डीको एउटा निश्‍चित आयु हुन्छ । त्यो समय पुगेपछि सिमेन्ट कमजोर बन्दै जान्छ । सिमेन्ट कमजोर हुनु भनेको घर नै कमजोर बन्दै जानु हो । त्यसैले आरसीसी प्रविधिका घरहरुको औषत आयु ५० बर्ष रहेको उनको तर्क छ । तर, स्ट्रक्चर निर्माण बलियो बनाउनुका साथै नियमित मर्मत सम्भार गरिरहेमा कुनै पनि घरको आयु ७०/७५ बर्षसम्म पनि लम्बिने सिभिल इन्जिनियर बताउँछन् ।

कंक्रिटका संरचनाको आयु कम र ढुंगा, माटोबाट बनाइएका संरचनाको आयु बढी किन ? घरकर्मका एक सदस्यका अनुसार, ढुंगा, माटो, काठ लगायत प्राकृतिक सामाग्री हुन् । प्रकृतिले आफै सिर्जना गरेका वस्तुहरुलाई तत्कालै बिगार्न सक्दैन । माटोबाट राम्रोसँग पकाएर बनाइएका इँटा, माटो र ढुंगाको संरचना, अग्राख, सालजस्ता बलिया काठहरुको आयु लामो हुने उनको भनाई छ । 

तर, सिमेन्ट, डन्डी, युपिभिसी, आल्मुनियम, फेब्रिक लगायत मान्छेले प्राकृतिक वस्तुमा केमिकल हालेर तयार पारेका आधुनिक निर्माण सामाग्री हुन् । घरकर्मका ती सदस्यका अनुसार केमिकलको क्षमता (शक्ति) निश्‍चित समयपछि कम हुँदै जान्छ फलस्वरुप सिमेन्ट र डन्डीको आयु घट्दै जान्छ । आरसीसी प्रविधिका प्रमुख निर्माण सामाग्री (खम्बा) को आयु घट्दै जान थालेपछि घर पनि कमजोर हुँदै जाने स्वभाविक भइहाल्यो । तर, ढुंगा, माटो र काठमा केमिकल प्रयोग गरिएको हुँदैन । प्रकृति वस्तुबाट बनाइएका संरचनालाई प्रकृतिले तत्काल बिगार गर्न नसक्ने हुनाले पनि आयु बढी हुने गरेको उनको तर्क छ ।

घरमा पानीको पाइपलाइन, बिजुली केबलहरु र झ्याल, ढोका लगायत सधै उपयोग गनुपर्ने चिजहरु हुन् । नियमित प्रयोग भइरहँदा समयक्रमसँगै जीर्ण हुँदै जान्छन् । यदि घर चुहिने भएमा चाँडै जिर्ण हुन सक्छ । भूकम्प लगायत प्रकृतिक विपत्तीले पनि घर चाँडै जिर्ण वा भत्किन सक्छ ।

घरको आयु कसरी बढाउने ? 

कुनै पनि घरको नियमित मर्मत सम्भार गरिरहेमा आयु बढाउन सकिने केएसम सर्भिसेजका सञ्‍चालक तण्डुकार बताउँछन् । नियमित मर्मत सम्भार गर्दा घरको आयु १० देखि २० प्रतिशतसम्म बढाउन सकिन्छ । 

स्ट्रक्चरल इञ्‍जिनियरहरुले घरको आयु बढाउने केही केही उपायहरु सुझाएका छन्  जुन तपाईंका लागि उपयोगी हुन सक्छ । 

  • नियमित सरसफाई, फोहोरको उचित व्यवस्थापन र फोहोर सामाग्रीहरुको डिस्पोजल धेरै महत्वपूर्ण हुन्छ ।
  • फर्निचर मर्मत र नियमित सफाई अनिवार्य छ । घरको भित्ताहरु, पर्खाल लगायत वार्षिक रुपमा चेकजाँच गर्नुपर्छ । 
  • भवन निर्माण कार्यमा मौसमको स्थितीको एक महत्वपूर्ण भुमिका हुन्छ । धेरै वर्षा हुने क्षेत्रहरुमा कंक्रिट संरचनामा धेरै समस्याहरु आउन सक्छन् । भवनमा पानी पस्यो भने भवनको संरचनामा चाँडै कमजोर हुन सक्छ । त्यसैले घरमा पानी नपस्ने गरी निर्माण गर्नुपर्छ । घरमा ओसिलोपन आउन दिनु हुँदैन ।
  • तपाईंले घर बनाउँदा अनुभवी आर्किटेक इञ्‍जिनियरसँग घरको डिजाइन तयार पार्नुपर्छ । र, घरको डिजाइन अनुसारकै गुणस्तरीय निर्माण सामाग्रीहरु प्रयोग गर्दा घरको औषत आयु बढाउन सकिन्छ । आधुनिक प्रविधिका निर्माण सामाग्रीहरु प्रयोग गर्नुभन्दा स्थानिय रुपमा निर्माण भएका सामाग्रीहरु प्रयोग गर्नाले घरको औसत आयु बढाउन सक्छ । जस्तो कि, युपिभिसी, आल्मुनियम झ्याल ढोकाको सट्टा अग्राखका काठको झ्याल ढोका राख्दा घर बलियो हुन्छ ।
  • निर्माण प्रक्रियामा सही सामाग्रीहरुको उपयोग गरेमा संरचनाको औसत आयु बढाउन सकिन्छ । नियमित मर्मत, उचित हेरचाह गर्नुभयो भने घर वषौँ सम्म टिक्छ ।
  • घरको बाहिरी भागमा कलर लगाउँदा पनि घर बलियो हुन्छ । पछिल्लो समय वाटर प्रुफ, वेदर फ्रुफ कलर पाउन थालिएको छ जसले घरलाई घाम पानीबाट बचाउन सक्छ ।

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

3025702373D9942-Beni-bazar-final-2.jpg

५ सय वर्ष पुरानो इतिहास बोकेको ‘बेनी बजार’को कथा

164E78954BFEB68-duplex-house-2.jpg

कस्तो हुन्छ ‘डुप्लेक्स घर’ ? यी हुन् बुझ्नैपर्ने केही तथ्य

3C67A0E57CE4D9E-steps-in-wiring.jpg

घरको कुन कोठामा कस्तो वायरिङ गर्ने ? यस्तो छ इञ्‍जिनियरको सुझाव