कस्तो हुन्छ ‘डुप्लेक्स घर’ ? यी हुन् बुझ्नैपर्ने केही तथ्य

खासमा डुप्लेक्स हाउस भनेको एकल घर हो जसभित्र दुई तल्ला हुन्छ र एउटै परिवार बस्‍ने हिसाबले बनाइएको हुन्छ । माथिल्लो तल्लामा जानको लागि घरको भित्रबाटै भर्‍याङ  बनाइएको हुन्छ ।

406F4523C9DE64D-badge.png
471views
164E78954BFEB68-duplex-house-2.jpg

सामान्यतयाः दुई तल्ला भएको घरलाई ‘डुप्लेक्स घर’ भनिन्छ । यस्तै तीन वा सो भन्दा बढि तल्ला भएकोलाई क्रमश: ट्रिप्लेक्स र मल्टिप्लेक्स भनिन्छ ।

डुप्लेक्स हाउसको अवधारणा र विशेषता देशअनुसार केहि फरक पाइन्छ । जस्तै नेपाल र भारत लगायतका एशियाली मुलुकहरुमा डुप्लेक्स हाउसमा एउटै घर भित्र दुई तल्ला हुन्छ र प्रायः एउटा  किचेन र एउटा डाइनिङ रुम मात्रै हुन्छ ।

युरोप अमेरिकातिर डुप्लेक्स हाउस भनेको एकापसमा सँगै रहेका दुई अलग–अलग घर हुन् जसको प्रवेशद्वार पनि अलग हुन्छन् । यसमा प्रत्येक घरमा अलग–अलग किचेन हुन्छ र प्रायः मानिसले एउटामा आफु बसेर अर्को चाहिँ भाडामा दिन्छन् ।

खासमा डुप्लेक्स हाउस भनेको एकल घर हो जसभित्र दुई तल्ला हुन्छ र एउटै परिवार बस्‍ने हिसाबले बनाइएको हुन्छ । माथिल्लो तल्लामा जानको लागि घरको भित्रबाटै भर्‍याङ बनाइएको हुन्छ ।

डुप्लेक्स हाउसको इतिहास

डुप्लेक्स शब्द ल्याटिन शब्दबाट आएको हो जसको अर्थ दुईवटा घरहरु भन्‍ने हुन्छ । पहिलो डुप्लेक्स घरहरुको निर्माण संयुक्त राज्य अमेरिकामा भएको हो । धेरै वर्ष पहिले एन्ड्रयु र सराह नामका स्वीडेनका आप्रवासी जो अमेरिकामा बस्थे, उनीहरुको भेट भई बिवाह भयो । उनीहरुका सात सन्तान भए र यो परिवार ‘लोवा’ भन्‍ने ठाँउमा बस्दै आएका थिए । 

आजकल काठमाण्डौमा बनेका केही अपार्टमेन्टले डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाउन थालेका छन् । एउटा परियोजनामा कम संख्यामा यस्ता डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाइएको हुन्छ जहाँ लिभिङ हलबाट भर्‍याङमार्फत् माथिल्लो तलामा जान सकिन्छ । 

पछि एन्ड्रयुले परिवार छोडीइ अर्कै युवतीसँग घरजम गरे । त्यसपछि सराह आफ्ना सात सन्तानलाई लिएर एक्लै बस्‍न थालिन् । उनी सबै सन्तान लिएर ‘मिनियपोलिस’ भन्‍ने ठाँउमा बसाई सरेर गइन् । आफ्नो पुरै परिवारलाई सँगै राख्‍नका लागि सन् १९०४ मा सराहले आफ्नो पहिलो घर बनाइन् जसलाई उनले डुप्लेक्स नाम दिइन् । त्यसपछि सबै मेलिन परिवारले यो अवधारणालाई आत्मसात गर्न थाले । उनीहरुले दुई वटा थप डुप्लेक्स हाउस बनाएर भाडामा दिए । बिस्तारै उनीहरु बिल्डर्स बन्‍न पुगे र परिवारहरु एकत्रित भएर एकै ठाँउमा बस्‍नुपर्छ भन्‍ने लक्ष्यका साथ डुप्लेक्स घरहरु बनाउँदै गए ।

यो अवधारणा निकै लोकप्रिय बन्दै गयो र मानिसहरुलाई आफ्नो परिवारमा रहेका उमेर बढि भएका बा–आमा तथा हुर्किदै गरेका साना केटाकेटी सबै एकैसाथ मिलेर बस्‍नुपर्छ भन्‍ने महशुस हुन थाल्यो । यसरी डुप्लेक्स हाउसमा बस्दा घर भित्रै बेग्लै फ्लोर पनि हुने भयो जसले गर्दा गोपनीयता पनि रहने परिवारका सदस्य नजिक रहन पनि सक्ने भयो ।

यो अवधारणा विश्‍वभर फैलिदै गयो र अहिले डुप्लेक्स हाउस निकै लोकप्रिय बन्‍न पुगेको छ । आवासको लागि अपार्टमेन्ट पछि डुप्लेक्स घरलाई मानिसले रुचाउने गरेका छन् ।

आजकल काठमाण्डौमा बनेका केही अपार्टमेन्टले डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाउन थालेका छन् । एउटा परियोजनामा कम संख्यामा यस्ता डुप्लेक्स अपार्टमेन्ट युनिटहरु बनाइएको हुन्छ जहाँ लिभिङ हलबाट भर्‍याङमार्फत् माथिल्लो तलामा जान सकिन्छ । 

डुप्लेक्स र दुई तल्ले घरको भिन्‍नता

दुई तल्ले घर र डुप्लेक्स हाउस बिचको मुख्य भिन्‍नता भनेको डुप्लेक्स घर पूर्ण घर हो जुन एक परिवारको लागि बनेको हुन्छ र यसमा एउटै मात्र भान्सा हुन्छ । 

दुई तल्ले घर भनेको दुई वा दुईभन्दा बढि परिवार बस्‍न मिल्ने गरी बनेको घर हो । यसमा प्रत्येक परिवारको लागि तलै पिच्छे अलग–अलग भान्सा हुन्छन । एउटै घरमा तल्ला छुट्टिने भएकोले फरक–फरक परिवार यस घरमा रहन सक्छन् ।

डुप्लेक्स र भिल्लावीच भिन्‍नता

भिल्ला धेरै आलिशान र विलासी हुन्छ जसमा बगैंचा, पौडी पोखरी, जिम हल आदि सुविधा हुन्छन । भिल्ला दुई वा दुई भन्दा बढि तल्लाको हुन्छ । रोमन सभ्यता कालमा यसको उत्पत्ति भएको मानिन्छ । यसलाई समर होम पनि भनिन्थ्यो । धनाढ्य र प्रतिष्‍ठित नागरिकहरु भिल्लामा बस्‍न रुचाउँथे । भिल्लाहरु अग्ला पर्खालले घेरिएको हुन्छ र गोपनियता सुनिश्‍चित हुन्छ । 

डुप्लेक्स हाउसको क्षेत्रफल ठूलो हुँदैन र यसमा जिमहल, स्वीमिङ पुल आदिको सुविधा पनि हुँदैन । सानो बगैंचा भने प्रायःले बनाएका हुन्छन् र आवश्यकता अनुसार कुनै एउटा कोठालाई जिम तथा व्यायाम गर्ने कोठाको रुपमा रुपान्तरण गर्न भने सकिन्छ । डुप्लेक्स घर मध्यम संख्याको एकल परिवारको लागि हो ।

डुप्लेक्स र पेन्टहाउसको भिन्‍नता

पेन्टहाउस भनेको बिल्कुलै नयाँ र परिष्कृत आवासको अवधारणा हो । अपार्टमेन्ट अथवा अग्ला भवनको सबैभन्दा माथिल्लो तल्लामा पेन्टहाउस बनाईन्छ । पेन्टहाउस पनि स्वतन्त्र र आलिशान घर हो । यसमा पनि जिम हल र मध्यम आकारको अलग स्वीमिङ पुल हुन्छ । कतिपय पेन्टहाउस दुई तल्लाको पनि हुन्छ जहाँ भर्‍याङ भित्रैबाट राखिएको हुन्छ ।

फ्ल्याट वा अपार्टमेन्ट मर्मत गर्न र भाडामा लगाउन वा बेच्‍न सजिलो हुन्छ । फ्ल्याटको तुलनामा डुप्लेक्स ठूलो घर हो र यसमा एउटै मात्रै भान्सा हुने भएकोले यसको केहि हिस्सा भाडामा दिन्छु भन्‍न पनि अप्ठ्यारो हुन्छ । यसको मर्मतसम्भारमा पनि मोटो रकम खर्च हुन्छ ।

डुप्लेक्स भनेको दुई वटा फ्लोर रहेको घर हो र यो पेन्टहाउस जस्तो विलासी हुँदैन ।

डुप्लेक्स र फ्ल्याटमा कुन उचित ?

फ्ल्याट वा अपार्टमेन्ट मर्मत गर्न र भाडामा लगाउन वा बेच्‍न सजिलो हुन्छ । फ्ल्याटको तुलनामा डुप्लेक्स ठूलो घर हो र यसमा एउटै मात्रै भान्सा हुने भएकोले यसको केहि हिस्सा भाडामा दिन्छु भन्‍न पनि अप्ठ्यारो हुन्छ । यसको मर्मतसम्भारमा पनि मोटो रकम खर्च हुन्छ । 

डुप्लेक्स घर किन्‍ने वा भाडामा लिने रकमले स–सानो दुईवटा फ्ल्याट किन्‍न वा भाडामा लिन सकिन्छ । एउटा फ्ल्याटमा आफ्नो परिवार बसेर अर्को फ्ल्याट भाडामा लगाएर आम्दानी बढाउन पनि सकिन्छ ।

अहिले कतिपय ठाँउमा डुप्लेक्सलाई पनि परिमार्जन गरी दुई अलग तल्ला बनाउने गरेको पनि पाइन्छ । जसमा बाहिरै बाट भर्‍याङ राखेर दुईवटै फ्लोरमा अलग अलग भान्सा र डाइनिङ हलको सुविधा गरिएको हुन्छ ।

डुप्लेक्स र फ्ल्याट वा अपार्टमेन्टको बसाईमा तपाई आफ्नो इच्छा, आवश्यकता र क्षमताको आधारमा निर्णय लिन सक्नुहुन्छ । डुप्लेक्स हाउस जहिले पनि राम्रो लोकेसनमा हुनुपर्छ ।

डुप्लेक्समा लगानीका जोखिमहरु

डुप्लेक्समा लगानी गर्दा केहि जोखिमहरु अवश्य पनि समावेश भएको हुन्छ । प्रायः मान्छेले डुप्लेक्स किन्‍ने भनेको सौखले पनि हो र परिवारको सङ्ख्या ठूलो हुँदा ठूलो ठाँउमा बस्‍न मिलोस भनेर सहजताको लागि पनि हो । 

त्यसैले डुप्लेक्स हाउसले लगानीको राम्रो प्रतिफल दिन्छ भन्‍ने कुरा निश्‍चित हुँदैन । त्यसैले डुप्लेक्समा लगानी गर्दा लोकेशनलाई एकदमै विचार गर्नुपर्छ । डुप्लेक्स अपार्टमेन्टको अवधारणालाई रुचाइने ठाँउ जहाँ धेरै डुप्लेक्स घरहरु हुन्छ, त्यस्तो ठाँउमा डुप्लेक्स बनाउनुपर्छ । 

नेपालमा धेरै जसो मानिसहरु सामान्य घर, बङ्लोमा बस्‍न रुचाउने र केहि प्रतिशतले अपार्टमेन्ट तथा कोलोनीको घरलाई प्राथमिकता दिने हुँदा डुप्लेक्सको माग कमै मात्रामा हुने गरेको छ । केहि सिमित समूहले डुप्लेक्समा रुची राख्‍ने हुनाले डुप्लेक्स खरिद वा निर्माण गर्दा परिवेश र स्थानलाई महत्व दिनुपर्छ ।
 

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

3025702373D9942-Beni-bazar-final-2.jpg

५ सय वर्ष पुरानो इतिहास बोकेको ‘बेनी बजार’को कथा

868F66581E28D8F-House image.jfif

घरको औसत आयु कति बर्ष हुन्छ, आयु कसरी बढाउने ?

3C67A0E57CE4D9E-steps-in-wiring.jpg

घरको कुन कोठामा कस्तो वायरिङ गर्ने ? यस्तो छ इञ्‍जिनियरको सुझाव