११ महिनामा घरजग्गामा ८१ अर्ब कर्जा प्रवाह, तरलता अभाव र बढ्दो ब्याजदरको छैन प्रभाव

उनदेखि जेठसम्म घरजग्गामा प्रवाह भएको कर्जामध्ये ४० अर्ब ९३ करोड रुपैयाँ व्यक्तिगत आवासिय कर्जा र ४० अर्ब १७ करोड रुपैयाँ रियलस्टेट कर्जा रहेको छ ।

406F4523C9DE64D-badge.png
494views
F4BE8F68B0C3992-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्षको ११ महिनाामा बैंकहरुले घरजग्गामा ८१ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंककाे रिपोर्टले देखाएको छ ।

यो कर्जा रकम ०७८ असार मसान्तको तुलनामा १६.८ प्रतिशतले बढोत्तरी हो । साउनदेखि जेठसम्म घरजग्गामा प्रवाह भएको कर्जामध्ये ४० अर्ब ९३ करोड रुपैयाँ व्यक्तिगत आवासिय कर्जा र ४० अर्ब १७ करोड रुपैयाँ रियलस्टेट कर्जा रहेको छ । राष्ट्र बैंकले अधिकतम डेढ करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासिय कर्जामा गणना हुने व्यवस्था गरेको छ । 

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गामा प्रवाह गरेको कुल कर्जा रकम ५ खर्ब ६२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ, जसमध्ये व्यक्तिगत आवासिय कर्जातर्फ ३ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँ र रियलस्टेट कर्जातर्फ २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

बैंकिङ प्रणालीमा चरम तरलता अभाव र बढ्दो ब्याजदरकै बिच पनि बैंकहरुको घरजग्गामा कर्जा लगानी बढेको देखिन्छ । निजी क्षेत्रका एकाध दुई बैंकबाहेक अरुले तरलता अभावको कारण देखाउँदै उत्पादनमुलक क्षेत्रमै कर्जा प्रवाहमा रोक लगाएका छन् ।

११ महिनामा प्रवाह भएको कर्जामध्ये रेसिडेन्सियल रियलस्टेटतर्फ (डेढ करोडसम्मको व्यक्तिगत आवासिय कर्जाबाहेक) १९ अर्ब ३५ करोड, कमर्शियल कम्पलेक्स र रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ५ अर्ब ९८ करोड, कमर्शियल जग्गा किन्‍न र प्लटिङ गर्न ८ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । 

अहिलेसम्म घरजग्गा प्रवाह भएको कुल कर्जामध्ये कमर्शियल रियलस्टेटतर्फ दुई खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासिय कर्जाबाहेक) ६५ अर्ब ८८ करोड, कमर्शियल कम्पलेक्स र रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा २५ अर्ब, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा ७ अर्ब ४५ करोड, जग्गा किल्न र प्लटिङ गर्न २८ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

B425EFB91A43883-51B69BDB6DBB7ED-832974A42EB5E65-A2C9934D3098E55-379B8B306C35001-Untitled-11.jpg

सिबिफिनले भन्यो– 'घरजग्गा धितोको कर्जाले अर्थतन्त्रमा समस्या निम्तिन सक्छ'

03EF7260901AA4E-dhito-final.jpg

घरजग्गा धितो बन्धक राखेर बैंकबाट कर्जा लिँदा मालपोतमा कति राजश्‍व तिर्नुपर्छ ?

567834505D66BFE-C0C18FAD6161A99-loan-personal.jpg

१० महिनामा कमर्शियल जग्गा र प्लटिङमा ३१ प्रतिशतले बढ्यो कर्जा रकम