निर्माण सुरु नहुँदै ‘हब नगरकोट’का ९० प्रतिशत घर बुकिङ, तीन घरमात्रै बाँकी

काठमाडौंबाट ३२ किलोमिटर दुरीमा रहेको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा प्रोजेक्ट निर्माण सुरु नहुँदै ९० प्रतिशत घरहरु बुकिङ भइसकेका छन् ।

406F4523C9DE64D-badge.png
488views
D7AAFD3D0A3D5B5-8E68C1566E40C28-22.jpg

काठमाडौं । ललितपुरको पुरानो शहर पाटनको थिमलाई जीवन्त उतार्ने गरी पर्यटकीय गन्तव्य नगरकोटमा ‘द हब नगरकोट’ निर्माण हुँदैछ । सीइ कन्स्ट्रक्सन, एस होटल समूह, बैंकर पृथ्वी बहादुर पाँडेसहितको टिमले नगरकोटमा एकीकृत पर्यटकीय गन्तव्य विकास गर्न लागेका हुन् ।

यो परियोजनलाई तीन चरणमा वर्गिकरण गरेर निर्माण गरिँदैछ । पहिलो चरणमा २४ युनिट स्ट्यान्डअलोन हाउस निर्माण हुनेछन् भने दोस्रो र तेस्रो चरणमा अपार्टमेन्ट, तारे होटेल, सपिङ मल, मल्टिप्लेक्स, हेल्थ क्लवलगायत कमर्शियल संरचनाहरु निर्माण गरिने प्रजेक्ट सेल्स हेड अमृतलक्ष्मी तुलाधरले बताइन् ।

काठमाडौंबाट ३२ किलोमिटर दुरीमा रहेको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा प्रोजेक्ट निर्माण सुरु नहुँदै ९० प्रतिशत घरहरु बुकिङ भइसकेका छन् । अब तीनवटा मात्र घर बाँकी रहेको तुलाधरले जानकारी दिइन ।

हब लुम्बिनी परियोजनालाई पुरानो शहर ‘पाटन स्ट्रिट’को थिममा निर्माण गर्न लागिएको हो । परियोजनाको कुल लागत तीन अर्ब रुपैयाँभन्दा बढी भएपनि पहिलो चरणको निर्माणमा एक अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

ट्रेडिसन नेवारी शैलीमा बन्‍ने घरहरुको मूल्य साढे दुई करोड रुपैयाँदेखि चार करोड रुपैयाँसम्म तोकिएको छ । यी घरहरुलाई कमर्शियल र सर्भिस अपार्टमेन्टको रुमा फ्युजन गरिएको उनले बताइन् । 

घरको पहिलो तला व्यवसायिक प्रयोजनमा लगाइने बताइएको छ । ती घरहरुमा विभिन्‍न ब्रान्डका आउलेट सञ्‍चालन हुनेछन् । खर्चालु पर्यटकलाई लक्षित गरि निर्माण गर्न लागिएको एकीकृत परियोजनमा विश्‍वस्तरका ब्रान्ड ल्याउते तयारी छ ।

यी घरहरु इन्भेष्टमेन्ट प्रपोजले निर्माण गरिँदैछ । ‘हामीले नगरकोटमा गएर विकेन्ड मनाउने ग्रुपलाई तार्गेट गरेका हौं, घरहरुमा पूर्ण फर्निसिङ गरिनेछ’ तुलाधरले भनिन्, ‘घरको माथिल्लो तलामा आफु बस्‍नका लागि राख्‍न सकिन्छ, तलका तलाहरु सर्भिस अपार्टमेन्टका रुपमा विदा मनाउन आउने ग्रुपलाई भाडामा दिन सकिन्छ ।’

शहरको क्राउडबाट बाहिर निस्किएर हप्ता दश दिन शान्त वातावरणमा बस्‍न चाहनेका लागि तार्गेट गरेर प्रोजेक्ट निर्माण गर्न लागिएको हो । घरमा लगानी गर्नेले आफु बस्‍न पनि मिल्यो र फ्ल्याट भाडामा दिन पनि मिल्यो । उनले भनिन् ‘यी घरहरु लगानीका दृष्टिले धेरै उपयुक्त छन् ।’ आगामी तीन वर्षभित्र घरहरु निर्माण गरेर बुकिङकर्तालाई हस्तान्तरण गरिसक्ने तयारी रहेको तुलाधरले बताइन । 

घरहरु तीन तला, साढे तीन र चार तला गरी तिन प्रकारका हुनेछन् । यी सर्भिस अपार्टमेन्ट पूर्ण फर्निस्ड र घरजस्तै हुने हुनाले जो कोही परिवार वा ग्रुप नगरकोट गएर बस्‍न सक्नेछन् । किचन हुने हुँदा आफै पकाएर खान सकियो । अथवा, बाहिरै खान्छु भन्दा पनि सुविधा उपलब्ध हुनेछ । यो ठाउँमा एउटा परिवारले विदा मनाएर फर्किन सक्छन् ।

शहरभन्दा बाहिर शान्त वातावरणमा सुविधा सम्पन्‍न तरिकाले बस्‍न चाहनेका लागि हब नगरकोट गतिलो ठाउँ हुने अपेक्षा छ ।

यो ठाउँ दुई हजार १५० मिटर उचाइमा रहेको हुँदा सूर्योदय, सूर्यास्त, जंगल, फाँट, शहरलगायत दृश्यावलोकनका लागि उपयुक्त रहेको छ । सधै चिसो हुने हुनालो बसोबास गर्नका लागि पनि उपयुक्त छ ।

यो परियोजना निर्माण भएपछि नगरकोटमा पर्यटकको बसाई लम्बाउन सकिने र गुणस्तरीय पर्यटक आकर्षित गर्न सकिने बताइएको छ । यो परियोजना ‘क्लब हिमालय’को ठिक तलपट्टी हुनेछ ।

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’का लागि जग्गा एकीकरण विधि

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

आधुनिक उन्‍नत शहर निर्माणमा कुन महानगरले ल्याए कस्तो बजेट ?

तीनवटा उद्योगबाट एक वर्षमा पौने अर्बको सिमेन्ट निर्यात, कुन महिना कति ?

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने, केबुलकारको डब्बाभित्रै रेष्टुरेन्ट !

भक्तपुरमा सवा ९ लाखसम्म बढ्यो जग्गाको सरकारी मूल्य ! कुन ठाउँको मूल्य कति ?

FE6BFFE49DE7E83-Lumbini-Cable-Car-Final.jpg

बुटवलको 'लुम्बिनी केबलकार' माघदेखि सञ्‍चालनमा आउने

A59B47D91B2D17F-Home-final.jpg

के नक्साको डिजाइनले घर बनाउने लागतमा फरक पर्छ ?

FE6EBDBE64704AA-Radission-Biratnagar-photo.jpg

यस्तो बन्दैछ विराटनगरमा पाँचतारे ‘र्‍याडिसन’ होटल, डेढ वर्षभित्र सञ्‍चालनमा आउने